कर्णालीको विजयी सुरुवात, गण्डकीको दोस्रो हार | Khabarhub Khabarhub

कर्णालीको विजयी सुरुवात, गण्डकीको दोस्रो हार


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

रुपन्देही –  गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

भैरहवाको सिद्धार्थ रंगशालामा गण्डकीले दिएको १२३ नरको लक्ष्य पछ्याएको कर्णालीले ३३ ओभर २ बलमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
कर्णालीका लागि हिमान्सु शाहीले ५३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै निश्चल रावलले २९ रन बनाउँदा कप्तान रविन्द्र शाहीले २० रन बनाए ।

गण्डकीका लागि अंकित न्यौपानेले दुई विकेट लिए । त्यस्तै विपिन खत्रीले एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । गण्डकीका लागि अम्रित गुरुङ र कमल परियारले समान २१-२१ रन बनाए ।

कर्णालीका लागि अनुज चुनारा, दिनेश अधिकारी र दिपेन्द्र शाहीले दुई–दुई विकेट लिए । त्यस्तै प्रकाश जैसी, दिवन पुन र रविन्द्र शाहीले एक–एक विकेट लिए ।

गण्डकीको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा गण्डकी प्रदेश लुम्बिनीसँग चार विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ४ : १० बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा