गुणस्तरीय खानाको माग गर्दै नेपाल मेडिकल कलेजका विद्यार्थी आन्दोलित « Khabarhub

गुणस्तरीय खानाको माग गर्दै नेपाल मेडिकल कलेजका विद्यार्थी आन्दोलित


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यान्टिनले गुणस्तरहीन खाना दिएको भन्दै काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका छन् ।

आइतबार कलेजको क्यान्टिनले अस्वस्थकर खाना खुवाएको र गुणस्तरीय खाना सुनिश्चित गरिनुपर्ने भन्दै झण्डै २ सय विद्यार्थीहरु आन्दोलित भएका हुन् । विद्यार्थीहरुले कलेजको ओपीडी अगाडि बसेर ‘कलेजको दादागिरी चल्दैन्’, ‘मेसमा कार्ड सिस्टम लागू गर’ लगायतका नाराहरु लेखिएका प्लेकार्ड प्रदर्शन गरिरहेका छन् ।

कलेज प्रशासनले कलेजभित्रको क्यान्टिनको गुणस्तर सुधारमा ध्यान नदिएको र आफूहरुलाई बाहिर गएर खान समेत नदिएर दादागिरी गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् । एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले कलेजका अध्यक्ष, प्रबन्ध निर्देशक र प्रिन्सिपललाई यस विषयमा दशैँ अघिदेखि नै जानकारी गराएको भएपनि प्रशासनले यस विषयमा ध्यान नदिएपछि आइतबारबाट आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।

विद्यार्थीहरुले वर्षमा क्यान्टिन शुल्कका रुपमा एक वर्षको डेढ लाख रुपैयाँ सुरुमै बुझाउँदै आएको बताएका छन् । उनीहरुले भर्ना हुँदा नै क्यान्टिनको शुल्क बुझाइसकेकाले अब यो वर्षको बाँकी ६ महिना क्यान्टिनमै राम्रो खाना दिने ग्यारेण्टी गर्नुपर्ने र त्यसपछि क्यान्टिनमा कार्ड सिस्टम लागू गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ४ : ४५ बजे

इजरायलमा यहुदी–अरब सहकार्यको माग

जेरुसेलम– इजरायलमा निर्वाचनपछि सरकार गठनका लागि बहुमत जुटाउने प्रयास भइरहेका

अमेरिकाबाटै विपक्षीको नेतृत्व गर्ने फ्लेभियो बोल्सोनारोको घोषणा

एजेन्सी – ब्राजिलका दक्षिणपन्थी नेता फ्लेभियो बोल्सोनारोले अमेरिकामा पुगेपछि आफू निर्वाचित

मौसम विभागले भन्यो- नेपालमा तीव्र हावाहुरीको सम्भावना छैन

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा

हुम्ला-सुर्खेत सडक जीर्ण, यात्रीलाई सास्ती

हुम्ला– हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रीलाई सास्ती भएको छ ।

टीभीएस को ‘अचम्मैको महा एक्सचेन्ज मेला’ भृकुटीमण्डपमा : आकर्षक अफरसहित के छन् सुविधा ?

काठमाडौं– नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले आजदेखि