गुणस्तरीय खानाको माग गर्दै नेपाल मेडिकल कलेजका विद्यार्थी आन्दोलित « Khabarhub

गुणस्तरीय खानाको माग गर्दै नेपाल मेडिकल कलेजका विद्यार्थी आन्दोलित


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यान्टिनले गुणस्तरहीन खाना दिएको भन्दै काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थीहरु आन्दोलित भएका छन् ।

आइतबार कलेजको क्यान्टिनले अस्वस्थकर खाना खुवाएको र गुणस्तरीय खाना सुनिश्चित गरिनुपर्ने भन्दै झण्डै २ सय विद्यार्थीहरु आन्दोलित भएका हुन् । विद्यार्थीहरुले कलेजको ओपीडी अगाडि बसेर ‘कलेजको दादागिरी चल्दैन्’, ‘मेसमा कार्ड सिस्टम लागू गर’ लगायतका नाराहरु लेखिएका प्लेकार्ड प्रदर्शन गरिरहेका छन् ।

कलेज प्रशासनले कलेजभित्रको क्यान्टिनको गुणस्तर सुधारमा ध्यान नदिएको र आफूहरुलाई बाहिर गएर खान समेत नदिएर दादागिरी गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् । एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले कलेजका अध्यक्ष, प्रबन्ध निर्देशक र प्रिन्सिपललाई यस विषयमा दशैँ अघिदेखि नै जानकारी गराएको भएपनि प्रशासनले यस विषयमा ध्यान नदिएपछि आइतबारबाट आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।

विद्यार्थीहरुले वर्षमा क्यान्टिन शुल्कका रुपमा एक वर्षको डेढ लाख रुपैयाँ सुरुमै बुझाउँदै आएको बताएका छन् । उनीहरुले भर्ना हुँदा नै क्यान्टिनको शुल्क बुझाइसकेकाले अब यो वर्षको बाँकी ६ महिना क्यान्टिनमै राम्रो खाना दिने ग्यारेण्टी गर्नुपर्ने र त्यसपछि क्यान्टिनमा कार्ड सिस्टम लागू गर्न माग गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ४ : ४५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन