बागमतीमाथि एपिएफको सानदार जित « Khabarhub

बागमतीमाथि एपिएफको सानदार जित


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागमती प्रदेशलाई ८९ रनले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबले विजयी सुरूवात गरेको छ ।

आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा एपिएफले बागमती प्रदेशलाई ८९ रनले पराजित गरेको हो ।एपिएफले दिएको २४२ रनको लक्ष्य पछ्याएको बागमती ४२.५ ओभरमा १५२ रनमै अलआउट भयो ।

बागमतीका लागि ओपनर आशुतोष घिराइयाले ४१ रन जोड्दा अर्का ओपनर इशान पाण्डे शून्य रनमा आउट भए । कप्तान रित गौतमले ६० रन जोडे । यस्तै रविन जोशीले नटआउट २० रन जोडे ।

बलिङमा एपिएफका कप्तान रोहित पौडेलले ४ विकेट लिए । अभिनास बोहरा र मौसम ढकालले २–२ विकेट लिन सफल भए ।
त्यसअघि एपिएफले सन्दीप जोराको शतकमा ९ विकेटको क्षतिमा २४१ रन जोडेको थियो ।

टस जितेको बागमतीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपिएफको कमजोर अवस्थाबाट सन्दीपले शतक प्रहार गरेर टिमलाई बलियो अवस्थामा पुर्‍याएका थिए ।

बलिङमा बागमतीका सूर्य तामाङले ३ विकेट लिए । प्रतिश जिसी र रिजन ढकालको नाममा २-२ विकेट रहँदा सोनु देवकोटाले १ विकेट हात पारे । यसअघि बागमती हिजो पुलिससँग पराजित भएको थियो ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ५ : २० बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई