‘१२ गाउँ’ मा विराजका बाबुछोराको एक्सन « Khabarhub

‘१२ गाउँ’ मा विराजका बाबुछोराको एक्सन

छोरालाई 'बिग एक्सन फिल्म' मा डेब्यू गराउने दाबी


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता विराज भट्टका छोरा समीरले फिल्म ‘१२ गाउँ’ मार्फत नेपाली चलचित्रमा डेब्यू गर्ने पक्का भएको छ ।

फागुनबाट छायांकनमा जाने निर्माण पक्षको तयारी छ । छोराको डेब्यू फिल्म भए पनि फिल्ममा विराज नै मुख्य भूमिकामा देखिनेछन् । विराज खबरहबसँग भन्छन्, ‘समीरको भूमिकाबारे थाहा पाउन चाहिँ हलमै पुग्नुपर्ने हुन्छ । उसको भूमिका महत्वपूर्ण नै छ ।’

‘१२ गाउँ’लाई बिग एक्सन फिल्मका रुपमा पस्कने विराजको परिकल्पना छ । उनी भन्छन्, ‘दर्शकले बाउ–छोरालाई पूर्ण एक्सन अवतारमा देख्न पाइन्छ ।’

फिल्ममा नायिका भने तय नभइसकेको विराजको भनाइ छ । नयाँ प्रतिभाले नै फिल्ममा स्थान पाउने सम्भावना रहेको उनी बताउँछन् ।

फिल्मको निर्देशक र निर्मातासमेत विराज स्वयं हुन् । विराजको ब्यानरमा बन्ने र निर्देशन रहने यो दोस्रो फिल्म हो ।

यो फिल्मको केही गीत मुम्बईमै रेकर्ड भइसकेको छ ।

के गर्दैछन् समीर ?

विराजका छोरा समीर मुम्बईमा बस्दै आएका छन् । विगत लामो समयदेखि उनी फिल्मको तयारीमा थिए । अन्य नेपाली निर्देशकबाट फिल्मको अफर आउँदा पनि यही फिल्मका लागि खेल्न नदिएको उनको भनाइ छ ।

विराज भन्छन्, ‘हामी तपाईंको छोरालाई नायक बनाउँछौं भनेर धेरै निर्देशक आउनुभएको थियो, मैले चाहिँ पहिले मेरैबाट सुरुवात गराउँछु भनेर रोकेको हुँ ।’

विराजका अनुसार समीर मार्सल आर्ट्स खेलाडीसमेत हुन् । उनले मार्सल आर्ट्स ब्ल्याक बेल्टसमेत लिएका छन् । त्यसबाहेक उनी भारतमै थिएटरमा पनि काम गर्दै आएका छन् । नमित कपुरको अभिनय इन्स्टिच्युटमा समेत उनले अध्ययन गरेका हुन् ।

फिल्मका लागि उनले नृत्य र जिम्न्यास्टिकको समेत तालिम लिएका छन् ।

बुबाजस्तै अग्लो कदका समीरले जिम गरेर शरीर पनि फिट राखेका छन् । विराजले सार्वजनिक गरेको तस्बिरमा उनको ‘सिक्स प्याक’ पनि देख्न सकिन्छ । उनको चकलेटी ‘लुक्स’को समेत चर्चा भएको छ ।

समीरको पढाइ मुम्बईमै भएको बुझिएको छ । छोरो मुम्बईमा भएकाले विराज भारत–नेपाल गरिरहन्थे ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ५ : ५० बजे

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा

एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

बेइजिङ, १० असोज (रासस/एएफपी)। चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई

अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिका लागि नेपालले माग्यो थप समय

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा प्रधानमन्त्री

पूर्वी नेपालतर्फ मौसम सुधार, पश्चिमी क्षेत्रमा आइतबारदेखि

काठमाडौँ । नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गए