‘१२ गाउँ’ मा विराजका बाबुछोराको एक्सन « Khabarhub

‘१२ गाउँ’ मा विराजका बाबुछोराको एक्सन

छोरालाई 'बिग एक्सन फिल्म' मा डेब्यू गराउने दाबी


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता विराज भट्टका छोरा समीरले फिल्म ‘१२ गाउँ’ मार्फत नेपाली चलचित्रमा डेब्यू गर्ने पक्का भएको छ ।

फागुनबाट छायांकनमा जाने निर्माण पक्षको तयारी छ । छोराको डेब्यू फिल्म भए पनि फिल्ममा विराज नै मुख्य भूमिकामा देखिनेछन् । विराज खबरहबसँग भन्छन्, ‘समीरको भूमिकाबारे थाहा पाउन चाहिँ हलमै पुग्नुपर्ने हुन्छ । उसको भूमिका महत्वपूर्ण नै छ ।’

‘१२ गाउँ’लाई बिग एक्सन फिल्मका रुपमा पस्कने विराजको परिकल्पना छ । उनी भन्छन्, ‘दर्शकले बाउ–छोरालाई पूर्ण एक्सन अवतारमा देख्न पाइन्छ ।’

फिल्ममा नायिका भने तय नभइसकेको विराजको भनाइ छ । नयाँ प्रतिभाले नै फिल्ममा स्थान पाउने सम्भावना रहेको उनी बताउँछन् ।

फिल्मको निर्देशक र निर्मातासमेत विराज स्वयं हुन् । विराजको ब्यानरमा बन्ने र निर्देशन रहने यो दोस्रो फिल्म हो ।

यो फिल्मको केही गीत मुम्बईमै रेकर्ड भइसकेको छ ।

के गर्दैछन् समीर ?

विराजका छोरा समीर मुम्बईमा बस्दै आएका छन् । विगत लामो समयदेखि उनी फिल्मको तयारीमा थिए । अन्य नेपाली निर्देशकबाट फिल्मको अफर आउँदा पनि यही फिल्मका लागि खेल्न नदिएको उनको भनाइ छ ।

विराज भन्छन्, ‘हामी तपाईंको छोरालाई नायक बनाउँछौं भनेर धेरै निर्देशक आउनुभएको थियो, मैले चाहिँ पहिले मेरैबाट सुरुवात गराउँछु भनेर रोकेको हुँ ।’

विराजका अनुसार समीर मार्सल आर्ट्स खेलाडीसमेत हुन् । उनले मार्सल आर्ट्स ब्ल्याक बेल्टसमेत लिएका छन् । त्यसबाहेक उनी भारतमै थिएटरमा पनि काम गर्दै आएका छन् । नमित कपुरको अभिनय इन्स्टिच्युटमा समेत उनले अध्ययन गरेका हुन् ।

फिल्मका लागि उनले नृत्य र जिम्न्यास्टिकको समेत तालिम लिएका छन् ।

बुबाजस्तै अग्लो कदका समीरले जिम गरेर शरीर पनि फिट राखेका छन् । विराजले सार्वजनिक गरेको तस्बिरमा उनको ‘सिक्स प्याक’ पनि देख्न सकिन्छ । उनको चकलेटी ‘लुक्स’को समेत चर्चा भएको छ ।

समीरको पढाइ मुम्बईमै भएको बुझिएको छ । छोरो मुम्बईमा भएकाले विराज भारत–नेपाल गरिरहन्थे ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ५ : ५० बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न