भलामखोरका घरघरमा खानेपानीको धारा « Khabarhub

भलामखोरका घरघरमा खानेपानीको धारा


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा महानगरपालिका–२० भलामखोरका सम्पूर्ण घरमा खानेपानी सुविधा पुगेको छ । एक करोड १९ लाख ३२ हजार ८०० रुपैयाँको लागतमा इक्राघारी बिचारी खानेपानी आयोजना निर्माण भएसँगै सो क्षेत्रका बासिन्दालाई पानीको सुविधा पुगेको हो ।

गण्डकी प्रदेश सरकारको रु एक करोड आठ लाख ४८ हजार र रु १० लाख ८४ हजार आठ सय बराबरको जनश्रम परिचालन गरी सो आयोजना निर्माण गरिएको  इक्राघारी बिचारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा निर्माण सुरु गरिएको उक्त आयोजनाअन्तर्गत एक हजार सातसय मिटर परको जङ्गलबाट दुई इञ्चको पाइपबाट ल्याइएको पानी विभिन्न स्थलमा निर्माण गरिएका तीनवटा ट्याङ्कीमा सङ्कलन गरी उपभोक्ताका घर घरमा पानी पुर्‍याइएको छ ।

दुई दशकभन्दा पहिल्यै नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लबको आर्थिक सहयोगमा एक इञ्चको पाइपबाट ल्याइएको पानी अपुग भएपछि नयाँ योजना सुरु गरिएको जानकारी दिँदै उनले भने, “तीव्र रुपमा फाँटमा बस्ती विकास भएको यस आयोजनाबाट थप २५ वटा मात्र नयाँ धारा जडान गर्न सकिने  क्षमता थियो ।”

प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले सो आयोजना शुभारम्भ गर्दै प्रदेश सरकारले एक घर एक धारा कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जानकारी दिइन् ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ६ : २१ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व