राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्ता गठबन्धन सक्रिय « Khabarhub

राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्ता गठबन्धन सक्रिय


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

कैलाली- राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिले आफ्नो काम थालेको छ ।

आइतबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा राष्ट्रियसभा निर्वाचन समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको बैठकले प्रदेशमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउनका लागि जिल्लामा समन्वय समिति चाँडो गठन गर्न निर्देशन दिएको छ ।

त्यस्तै, बैठकले राष्ट्रियसभा निर्वाचनका लागि मतदातालाई माघ ९ गतेभित्र कैलाली आइपुग्न निर्देशन दिने निर्णय पनि गरेको खड्काले बताए ।

बैठकमा समन्वय समितिका सदस्यहरू नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा, नेकपा एकीकृत समाजवादीका दिनेशचन्द्र सुवेदी, नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, राष्ट्रियसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस कैलाली सभापति नारायण दत्त भट्ट, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य उम्मेदवार रेणु चन्द, कांग्रेस कैलालीका सचिव केशव मिश्रलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ७ : ०३ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य