अमेरिकी जलवायु दूत केरी राजीनामा दिने तयारीमा « Khabarhub

अमेरिकी जलवायु दूत केरी राजीनामा दिने तयारीमा


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी जलवायु दूत जोन केरीले राजीनामा दिने तयारी गरेका छन् । बाइडेन प्रशासनअन्तर्गत अमेरिकी जलवायु कूटनीतिको नेतृत्व सम्हालेका अमेरिकी जलवायु दूत केरीले आगामी वसन्त ऋतुमा आफ्नो पदबाट राजीनामा दिने तयारी गरेको केरीनिकट स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

पूर्वविदेशमन्त्री तथा राष्ट्रपतिका लागि डेमोक्रयाटिक पार्टीका तर्फबाट उम्मेदवार बनेका ८० वर्षीय केरीले तीन वटा अन्तर्राष्ट्रिय जलवायु शिखर सम्मेलनमा अमेरिकी वार्ताको नेतृत्व गरेका थिए । एक्जिओसले केरीले राजीनामा दिने तयारी गरेको र राष्ट्रपति बाइडेनको अभियानमा सामेल हुन चाहेको सबैभन्दा पहिले जानकारी गराएको थियो । बाइडेन प्रशासनमा सामेल हुनुअघि केरीले जलवायुसम्बन्धी विषयमा लामो समयदेखि काम गरेका थिए । सन् २०१५ मा करिब २ सय राष्ट्रले स्वीकार गरेको जलवायु परिवर्तनका नकारात्मक प्रभावलाई सम्बोधन गर्ने उद्देश्यले गरिएको पेरिस सम्झौताको वार्तामा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सन् २०१९ मा केरीले जलवायु सङ्कटसँग जुध्न विश्वका नेता र सेलिब्रेटीहरूको द्विपक्षीय पहलको लागि विशेष भूमिका खेलेका थिए । यस पहललाई जलवायु सङ्कटसँग जुध्नका लागि भएको ‘वल्र्ड वार जिरो’ भनिन्छ । केरीले दशकौंसम्म सिनेटमा जो बाइडेनसँगै काम गरेका थिए ।

उनी सन् १९८४ मा म्यासाचुसेट्सको प्रतिनिधित्व गर्न सिनेटमा पहिलो पटक निर्वाचित भएका थिए । साथै उनले गभर्नर माइकल डुकाकिसको नेतृत्वमा राज्यको लेफ्टिनेन्ट गभर्नरको रूपमा पनि सेवा गरेका थिए । सन् २००४ को आम निर्वाचनमा तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुससँग पराजित हुनुअघि केरीले डेमाक्रयाटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदका लागि उम्मेदवारी मनोनयन गराएका थिए ।

सन् २००९ मा बाइडेन उपराष्ट्रपति भएपछि केरीले बाइडेनले सम्हाल्दै आएको सिनेटको विदेश सम्बन्ध समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनलाई सन् २०१२ मा बाराक ओबामाले विदेशमन्त्रीमा नियुक्त गरेका थिए । केरीले भियतनामको नौसेनामा मेकोङ डेल्टामा गनबोट अफिसरको रूपमा पनि सेवा गरेको र प्रसिद्ध अमेरिकी पुरस्कार सिल्भर स्टार, ब्रोन्ज स्टार र थ्री पर्पल हार्ट्सबाट सम्मानित भएका छन् ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ७ : २५ बजे

ईयूको नयाँ आप्रवासन नीति : ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने

दुप्चेश्वर मन्दिरमा लागेको जात्रामा १३ लाख भेटी सङ्कलन

त्रिशूली– धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा करिब

प्रतिनिधिसभा निर्वाचनमा ११४ दलले भाग लिने, १०७ चिह्न वितरण

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११४

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

गलकोट– बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ ।

चार महिने छोराको हत्या आरोपमा नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं– आफ्नै चार महिने छोराको हत्या गरेको अभियोगमा नेपाल प्रहरीका