ताइवान चीनकै अभिन्न अङ्ग हो : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

ताइवान चीनकै अभिन्न अङ्ग हो : प्रधानमन्त्री प्रचण्ड


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ताइवान चीनकै अभिन्न अङ्ग रहेको टिप्पणी गरेका छन् । चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा उनले ‘ताइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण रहेको स्पष्ट पारे ।

आफ्नो चीन भ्रमणका बेला जारी भएको संयुक्त वक्तव्य स्मरण गर्दै प्रधानमन्त्रीले भने, “ताइवान चीनकै अभिन्न अङ्ग हो । ‘ताइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण छ । मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रस्ट पारिएको छ ।”

चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पार्दै प्रधानमन्त्रीले दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र नभई साझा संस्कृति र जनस्तरको सम्बन्धले पनि जोडेको बताए । आफूले हालै गरेको चीनको औपचारिक भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भएको भेटवार्ताका क्रममा नेपाल–चीन सम्बन्धका विविध आयाममा छलफल भएको उनले स्मरण गरे ।

कार्यक्रममा उनले  नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको पनि बताए । उनले दुई मुलुकबीचको सम्बन्ध शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा झाङ्गिँदै गएको बताए ।

प्रधानमन्त्रीले भने, “हामीले असल मित्रका रुपमा एकअर्काको संवेदनशीलतालाई नजिकबाट बुझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ ।” नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “यस सम्बन्धमा हाम्रो प्रतिबद्धता स्पष्ट छ । आन्तरिक तथा बाह्य मामिलामा आएको बदलावबाट हाम्रो प्रतिबद्धता कुनै हालतमा प्रभावित हुँदैन ।”

संस्कृति र परम्पराले हामी एकापसमा बाँधिएको बताउँदै प्रधानमन्त्रीले संस्कृति र परम्पराले नै दुई देशबीचको जनस्तरको सम्बन्धलाई सुदृढ तुल्याउने उल्लेख गरे । नेपालका लागि चीनका राजदूत छन् सङले चीन र नेपाल रणनीतिक साझेदार भएका बताउँदै ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ अन्तर्गत विकासमा साझेदारी गर्न चीन प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ७ : ४१ बजे

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का