एसियन कपमा जापानको विजयी सुरुवात « Khabarhub

एसियन कपमा जापानको विजयी सुरुवात


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –एसियन कप फुटबलमा जापानले विजयी सुरुवात गरेको छ । आइतबार सम्पन्न समुह डी अन्तर्गतको खेलमा जापानले भियतनाममाथि ४–२ गोलको जित हासिल गरेको हो ।

जापानको जितमा ताकुमी मिनामिनोले २ गोल गरेका थिए भने केइटो नकामुरा र अयासे उएडाले एक एक गोल गरेका थिए ।

यस अघि खेलको ३३औं मिनेटमा भियतनामले जापानमाथि २-१ को अग्रता लिएको भएपनि सो अग्रता जोगाउन नक्सक्दा हार बेहोरेको थियो ।

भियतनामका लागि एन्गुएन बाक र फाम तुआन हैले एक एक गोल गरेका थिए ।यो जितसँगै जापानले समुह डी मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब जापानले अर्को खेल शुक्रबार इराकविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै भियतनामले अर्को खेल शुक्रबार नै इन्डोनेसियाविरुद्ध खेल्ने छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ८ : १० बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी