भारतबाट अवैध रुपमा भित्र्याइएको १३६ बोरा प्याज बरामद | Khabarhub Khabarhub

भारतबाट अवैध रुपमा भित्र्याइएको १३६ बोरा प्याज बरामद


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देही प्रहरीले अवैध रूपमा भित्र्याएको प्याज नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयको युनिटले आइतबार बिहान ५ बजे ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा भारतबाट अवैध रूपमा भित्र्याएको प्याज नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालर्फ भन्सार छली गरी लु ८ प ११३५ र युपी ५५ जेड ९२८८ नम्बरको मोटरसाइकलमा ओसारपसार गर्दै गरेको र डम्पिङ गरी राखेको अवस्थामा १३६ बोरा प्याज नियन्त्रणमा लिइएको सूचना अधिकारी भट्टले जानकारी दिए।

प्याज र मोटरासाइकलको मूल्य ४ लाख ५२ हजार ५ सय रहेको कार्यालयले जानकारी दिएको छ। बरामद सामान र मोटरसाइकल आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय कार्यालय रुपन्देहीबाट खटिएको टोलीले शुक्रबार राति करिव साढे १० बजे सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ सिटी अस्पताल चोकस्थित भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा जुत्ता र विभिन्न प्रकारका कपडा बरामद गरेको हो।

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ का ४२ वर्षीय रामचन्द्र खत्रीले ना३ख ५१८९ नम्बरको कन्टेनर (ट्रक) मा लोड गरी लैजान लागेको अवस्थामा थानको कपडा १४ हजार ६३६ मिटर, लेडिज जुत्ता ३४० जोडी, नेट कपडा ५ हजार १०४ मिटर, दोसल्ला ४४२ पिस र साडी ६१२ पिस गरी ट्रकसहित कुल ३० लाख ६२ हजार २ सय ४० मूल्य बराबरको अवैध बस्तु बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए।

बरामद सामान, ट्रक र मानिस आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको छ।

 

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ८ : ३० बजे

सुदनको दाबी : अशोकसँग मात्र होइन सुमना, हर्कसँग पनि संवादमा छौँ

काठमाडौं– प्रगतिशील राष्ट्रिय अभियानका केन्द्रीय संयोजक सुदन किरातीले सबै वैकल्पिक

एनपीएलको माहोल : खेल हेर्न पुगिन् प्रधानमन्त्री, हेलीकोप्टरबाट पुष्पवृष्टि

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

पारिलो घाम नताप्दा शारीरिक, मानसिक स्वास्थ्यमा प्रभाव

काठमाडौं- पछिल्लो समय भिटामिन ‘डी’को कमी विश्वव्यापी स्वास्थ्य समस्या बन्दै

प्रधानमन्त्रीद्वारा नागरिक समाजका अगुवाहरूसँग छलफल

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा निर्वाचन गर्न विभिन्न दलहरूसँग

सिभिल अस्पतालले माग्यो करार कर्मचारी 

काठमाडौं– सिभिल सर्भिस अस्पताल (निजामती कर्मचारी) अस्पतालले करारमा कर्मचारी मागेको