पोखरामा भोलिदेखि अन्तर्राष्ट्रिय भलिबल « Khabarhub

पोखरामा भोलिदेखि अन्तर्राष्ट्रिय भलिबल


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

कास्की –पोखरामा भोलिदेखि चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लबस्तरीय महिला तथा पुरुष भलिबल’ प्रतियोगिता सुरु हुँदैछ ।

खेलकुद विकासमा क्रियाशील टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल भलिबल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्माले आज आयोजित पत्रकार सम्मेलनमा बताए ।

उनका अनुसार उद्घाटन खेल घरेलु टोली गण्डकी प्रदेश र नेपाल आर्मी क्लबबीच हुनेछ । यसैगरी, महिलातर्फ विभागीय टोली एपीएफ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । प्रतियोगिताका लागि रङ्गरोगन, सरसफाइ, स्टेज तथा अस्थायी प्यारापिट निर्माण गरी खेलमैदानको मर्मतसम्भार गरिएको छ ।

प्रतियोगितामा पहिलोपटक दुई विदेशी क्लब र सहभागी टोलीमा विदेशी खेलाडी सामेल भएपछि प्रतियोगिता विगतका संस्करणमा भन्दा थप रोचक र प्रतिस्पर्धी हुने शर्माको विश्वास छ । प्रतियोगिताका लागि पोखरा रङ्गशाला भलिबल ट्रेनिङ सेन्टरमा १० हजार जना अट्ने अस्थायी प्यारापिट तयार गरिएको छ ।

हरेक दिन महिला र पुरुषतर्फका दुई–दुई गरी चार खेल हुने प्रतियोगिता संयोजक दीपक कार्कीले जानकारी दिए । भारत हरियाणा राज्यको महिला पुलिस क्लब पहिलोपटक प्रतियोगिताका लागि पोखरा आइपुगेको छ । यसैगरी, चन्द्रागिरि नगरपालिका न्यू डायमन्ड स्पोर्टस क्लब, गण्डकी प्रदेश र तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मीको त्रिभुवन क्लब र सशस्त्र प्रहरीको एपीएफ गरी छ टोलीले सहभागिता जनाउनेछन् ।

पुरुषतर्फ श्रीलङ्काको आर्मी टोलीले पहिलोपटक सहभागिता जनाउने भएको छ । पुरुषतर्फ तीन विभागीय टोली नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब, हेल्प नेपाल स्पोर्टस क्लब र आयोजकको टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यस वर्ष पुरस्कार राशिमा वृद्धि गरिएको अध्यक्ष शर्माले जानकारी दिए। विजेता महिला तथा पुरुष टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ सहित ट्रफी मेडल साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी, उपविजेता पुरुष तथा महिलाको टोलीले रु दुई लाख ५५ हजार पाँच सय ५५ का दरले र तृतीय हुने टोलीले रु एक लाख २५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी महिला तथा पुरुषलाई जनही नगद रु २५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसैगरी, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिव्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताए ।

देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनसहित पोखरालाई खेलकुद सहरमा विकास गर्न प्रतियोगिताले सहयोग पुग्ने आयोजकको विश्वास छ । प्रतियोगिता माघ ६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ८ : ५७ बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५