उत्तर कोरिया, पाकिस्तान र चीनजस्ता मुलुकले धार्मिक स्वतन्त्रता उल्लङ्घन गरेको अमेरिकी आरोप « Khabarhub

उत्तर कोरिया, पाकिस्तान र चीनजस्ता मुलुकले धार्मिक स्वतन्त्रता उल्लङ्घन गरेको अमेरिकी आरोप


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकाले उत्तर कोरिया, पाकिस्तान, चीनजस्ता मुलुकले ‘चिन्ताजनक रुपमा’ धार्मिक स्वतन्त्रताको उल्लङ्घन गर्ने गरेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले प्रतिवेदन सार्वजनिक गर्दै यस्ता मुलुकहरुले धार्मिक स्वतन्त्रता हनन् गर्ने गरेको र आफ्नो मुलुकमा हुने यस्ता गतिविधिमा सहनशीलता देखाएको आरोप लगाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले हालै जारी गरेको ‘चिन्ताजनक रुपमा’ धार्मिक स्वतन्त्रता उल्लङ्घन गर्ने मुलुकहरुको सूचीमा उत्तर कोरिया, पाकिस्तान र चीनसहित म्यान्मार, क्युबा, रुस, साउदी अरब, ताजिकिस्तान, तुर्कमेनिस्तान इरेट्रिया र इरानजस्ता मुलुक रहेका छन् ।

त्यसबाहेक अमेरिकाले अल्जेरिया, अजरबैजान, मध्य अमेरिकी गणतन्त्र, कोमोरोस र भियतनामलाई धार्मिक स्वतन्त्रता उल्लङ्घन गर्ने देशको ‘विशेष निगरानी सूची’ मा राखेको छ । अमेरिकी विदेशमन्त्री एन्थोली ब्लिन्केनले अन्तर्राष्ट्रियस्तरमा धार्मिक स्वतन्त्रताको अभ्यासका विषयमा अमेरिका सदैव दृढ रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ४ : ५६ बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो