गाउँले परिवेशमा आधारित उपन्यास ‘ठाँटीको घाम’ « Khabarhub

गाउँले परिवेशमा आधारित उपन्यास ‘ठाँटीको घाम’


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

खोटाङ – वरिष्ठ साहित्यकार टङ्क भट्टराईद्वारा लिखित ‘ठाँटीको घाम’ उपन्यासको विषयवस्तुमाथि दिक्तेलमा अन्तरक्रिया गरिएको छ । गत असोज–२८ गते ताप्लेजुङमा विमोचन गरिएको सो उपन्यासमा दुई सय ४५ पेजमा ५३ फरकफरक विषयवस्तु समेटिएका छन् ।

उपन्यासभित्र ‘रमितेखोलो, गोठाला, झाँक्री पहरो, अधुरो, सिक्किमे पिरती, बजूका कथा, धामीको भर, शिक्षाको झिल्को, अँध्यारो बाटो, लाहुरतिर, चिठीचपेटो, ठाँटी चौतारो, बाँसमा खोपेको मायाँ’ लगायतका खण्डभित्र आफ्नै गाउँठाउँको सामाजिक परिवेशलाई यथार्थ रुपमा चित्रण गरेका छन् ।

उपन्यासमा गाउँघरको विषयवस्तु र पात्रलाई फूलको मालासरी उनेको पाइएको खोटाङका वरिष्ठ पत्रकार कृष्ण आचार्यले समीक्षा गरेका छन् । सोलुसन ग्राफिक डिजाइन, बागबजार काठमाडौँबाट मुद्रित पुस्तक ‘ठाँटीको घाम’ को प्रकाशन रत्न पुस्तक भण्डार, काठमाडौँले गरेको हो ।

राष्ट्रिय वाङ्मय कला प्रतिष्ठान खोटाङका अध्यक्ष विष्णु आभूषणको अध्यक्षतामा भएको कार्यक्रमको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक डा धनप्रसाद सुवेदीलाई प्रमुख आतिथि थिए । कार्यक्रममा कृति विषयमा प्राडा सुवेदी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई, निमित्त प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, साहित्यिक श्रष्टा टंक थापा, राजनीतिकर्मी प्रकाश श्रेष्ठ, शिक्षक धनीराम राई, नेपाल पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्री लगायतले समीक्षा गरेका थिए ।

जनताका सेवासँगै आफ्नो लेखन यात्रालाई निरन्तरता दिइरहनुभएका लेखक तथा साहित्यकार भट्टराईका यसअघि ‘साँझमा पहिलो तारा’–२०६७७ कविता सङ्ग्रह र ‘म पनि बग्दैछु साप्सु’–२०७३७ कथा सङ्ग्रह प्रकाशित छन् ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १० : २६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया