प्रधानमन्त्री कप क्रिकेट कर्णाली प्रदेश विजयी « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट कर्णाली प्रदेश विजयी


२९ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको छ । कर्णालीका ब्याटर हिमान्सु शाहीको अर्धशतकीय पारिले टोलीलाई सहज विजय प्रदान गरेको हो । योसँगै गण्डकी लगातार दोस्रो खेल गुमाएको छ ।

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा आज भएको खेलमा जितका लागि गण्डकीले दिएको एक सय २३ रनको लक्ष्य कर्णालीले ७० बल बाँकी छँदै तीन विकेटको नोक्सानीमा एक सय २६ रन बनाउँदै पार ग¥यो । कर्णालीको जितमा शाहीले ७१ बलमा ५३ रनको अर्धशतकीय पारि खेल्नुभयो । उहाँले पाँच चौका र दुई छक्का प्रहार गरे ।

यस्तै, निश्चल रावलले अविजित २९, रवीन्द्र शाहीले २० र अर्जुन घर्तीले टोलीका लागि ‘नटआउट’ १० रनको योगदान दिए । बलिङमा गण्डकीका अङ्कित न्यौपानेले दुई तथा नौ ओभर बलिङ गरेका विपिन खत्रीले सात मेडन राख्दै दुई रन खर्चेर एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाउँदै एक सय २२ रनको सामान्य योगफल बनाएको थियो । गण्डकीका लागि अमृत गुरुङ र कमल परियारले समान २१ रनको सर्वाधिक योगफल बनाए।

अगाडिका पाँच ब्याटरले दोहोरो अङ्कको रनसमेत बनाउन सकेनन् । छैटौँ नम्बरमा आएका ब्याटर अश्वनी रानाले १६ र कप्तान विपिन खत्रीले १० रन मात्रै जोड्न सके। चन्द्र पौडेल १४ र अङ्कित न्यौपाने दुई रनमा अविजित रहे ।

कर्णालीका लागि अनुज चुनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले समान दुई–दुई विकेट लिए। यस्तै, प्रकाश जैसी, दिवान पुन र रवीन्द्र रावतले एक–एक विकेट लिए । गण्डकीले लगातार दोस्रो हार व्यहोरेको छ । उसले शनिबार लुम्बिनी प्रदेशसँग चार विकेटको हार भोगेको थियो । प्रधानमन्त्री कपका लागि पहिलोपटक काठमाडौँबाहिर भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा ११ खेल हुँदैछन् । सोमबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १० : ५६ बजे

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका

प्रदर्शनअघि नै ‘रामायण’को विश्वव्यापी क्रेज, अग्रिम टिकट बिक्री २० करोड भारु नाघ्यो

काठमाडौं– बलिउड  बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा बलियो

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक

तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन