गुलाफले जोड्छ प्रेमको नाता ! « Khabarhub

गुलाफले जोड्छ प्रेमको नाता !



आज प्रणय दिवस अर्थात् १४ फेब्रुअरी ।  यस दिन विश्वभर नै आपसमा उपहार साटासाट गरी मनाइँदै छ । प्रणय दिवसको अवसरमा परिवार साथीभाइहरूलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ । उपहारमा पहिलो प्राथमिकता पाउने वस्तु भनेकै गुलाफ हो ।

गुलाफ विश्वकै प्रसिद्ध फूल हो । यसलाई प्रेमको प्रतीक नै मानिन्छ, प्रेम दिवस आफ्ना प्रेमी-प्रेमिकालाई गुलाफ दिएर प्रेम व्यक्त गरिन्छ । गुलाफ फूलको सौन्दर्यमा मोहित नहुने को होला ? पत्र पत्रमा अनेक आयाम बोकेर फक्रिएको गुलाफ देख्नासाथ मान्छेको ओठ अनायास बोल्छ– ओहो, क्या सौन्दर्य ।

सम्भवतः गुलाफ फूलको यही तागतले होला प्रेमी जोडीले सहयात्राको कसम यही फूल साक्षी राखेर खाने गर्छन् । जुनसुकै मौसममा पनि आफ्नो विशिष्ट मुस्कान छर्नु गुलाफको आम विशेषता हो । त्यसैले  लाख, करोड वर्षदेखि गुलाफले प्रकृतिमा प्रेम र सौन्दर्यको उज्यालो छर्दै आएको छ ।

गुलाफको इतिहास 

ईशा जन्मनु ६०० वर्ष पूर्व ग्रीक कवयित्री सफाले गुलाफको फूललाई ‘फूलहरूकी रानी’ भनेर आफ्नो काव्यमा प्रयोग गरेकी थिइन । कुनै प्रेमीले आफ्नी प्रेमिकालाई पहिलो भेटमा दिने बहुमूल्य सौगात नै गुलाफको फूल भएकाले ‘भ्यालेन्टाइन डे’ मा यसको अधिक उपयोग हुने गरेको छ ।

ईशापूर्व २७३७ मा चीनको शोभंगवेशद्वारा गुलाफ रोप्न सुरु भएको तथ्य भेटिन्छ । गुलाफ गमलामा रोप्ने चलन चीन र सजावटको परम्परा जापानबाट सुरु भएको मानिन्छ । त्यसो त कन्फ्युसियसले ईसापूर्व ५०० मा चीनको पुस्तकालयमा उतिबेला नै गुलाफबारे लेखिएका ६ सय पुस्तक रहेको उल्लेख गरेका छन् ।

गुलाफको फूल अरु बेला प्रतिगोटा ६० रुपैयाँसम्म बिक्री हुने तर भ्यालेन्टाइनमा १०० रुपैयाँमा बिक्री गरेको व्यापारी बताउँछन् । सामान्य अवस्थामा मोल हुने गुलाफ, प्रेमोत्सवमा अनमोल हुन पुग्छ ।

गुलाफको इतिहास मुगल बेगम नूरजहाँ संग जोडिएर आउँछिन् । इतिहास अनुसार आफ्ना पतिले दिएको रातो गुलाफलाई उनले निकै मन पराएकी थिइन् । त्यसपछि उनको खुसीका लागि उनका पतिले दरबारमा प्रत्येक दिन ताजा गुलाफका फूल पठाउँथे । अर्को इतिहास अनुसार महारानी भिक्टोरियाको पालामा मानिसहरूले आफ्नो भावना व्यक्त गर्न गुलाफ साट्ने चलन थियो भन्ने गरिन्छ ।

गुलाफका रंगको अर्थ

गुलाबी रंगको गुलाफ– गुलाबी रंगका गुलाफ सबैका लागि हुन सक्छ । आफ्नो प्रेमी वा प्रेमिकालाई मात्र नभएर आफ्ना परिवार वा नजिकका शुभचिन्तकहरुलाई पनि गुलाबी गुलाफ दिएर माया भाव साट्न सकिन्छ ।

सुन्तला रंगको गुलाफ– सुन्तला रंगको गुलाफ जोश, उत्साह र उमङ्गको प्रतीक मानिन्छ । प्रेमिल जोडी तथा दम्पतीहरूले जोश र उत्साहपूर्ण सम्बन्धका लागि यस रंगका गुलाफका फूलहरू दिने गर्छन् ।

रातो गुलाफ– रातो गुलाफले प्रेम, जोश र भावनात्मक पक्षको प्रतीक दर्शाउँछ ।

सेतो गुलाफ– सेतो गुलाफले सम्बन्धमा शान्ति र मेलमिलापको भाव बताउँछ । तपाईँका नजिकका साथीसँग झै–झगडा नगरी मित्रताको सम्बन्ध अगाडि बढाउन सकिन्छ ।

गुलाबी रंगको गुलाफ– गुलाबी रंगको गुलाफ मायाको प्रतीक मानिन्छ ।

सुन्तला रंगको गुलाफ– सुन्तला रंगको गुलाफ जोश, उत्साह र उमङ्गको प्रतीक मानिन्छ ।

नेपालमा गुलाफको फूल ९० प्रतिशत आयात गर्ने गरिन्छ भने १० प्रतिशत जति नेपालमा उत्पादन हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का सचिव हीरामणि शर्माले बताए । ९० प्रतिशत आयात हुन्छ र २० प्रतिशत नेपाली उत्पादनको अंश नगण्य छ ।

उनी भन्छन् ‘भारतबाट गुलाफ मात्र हैन अन्य फूलहरू पनि आउने गर्छ । त्यसमा पनि चाडबाडको बेला माग बढ्छ र मूल्य पनि बढ्ने गर्छ । त्यसैले अहिले प्रणय दिवस भएको कारणले गुलाफको माग र मूल्य पनि बढेको छ ।’

तस्बिर : चिरायु शाक्य

याे पनि …

आजबाट प्रेम सप्ताह सुरु

तीन अर्बको फूल व्यापार, पानी अमलाको पातमा आत्मनिर्भर !

 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ७ : ५३ बजे

बसिरको आक्रामक ब्याटिङले हारबाट जोगियो विराटनगर, कर्णाली तेस्रो पटक निराश

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चिफ अफ स्टाफको घर र कार्यालयमा छापा

कीएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकका

अहिले एमाले र देश दुवैमा ओलीको विकल्प छैन : पृथ्वी सुब्बा गुरुङ

काठमाडौं– नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ २०८१ असारमा

विराटनगरका बसिरले पनि हाने अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध विराटनगर

गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार

फुङ्लिङ– ताप्लेजुङमा सम्पन्न भएको दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको