आज २०८० साल फागुन २ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८० साल फागुन २ गते बुधबारको राशिफल


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


14.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल फागुन २ गते बुधबार तदनुसार सन् २०२४ फेब्रुअरी १४ तारिख। वसन्त पञ्चमी, सरस्वती पूजा, किसानले जोत्न थाल्ने दिन जसलाई हलसारो गर्ने दिनसमेत भनिन्छ। यी सबै पर्व आजकै दिन परेका छन् । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। श्रीपञ्ची परेकाले सरस्वतीको पूजा गर्नाले शिक्षामा झुकाव रहने छ। सामाजिक सम्मान प्राप्त हुनेछ। परिवारमा शान्ति मिल्नेछ। व्यवसायमा फाइदा हुनेछ।

वृष : व्यापारमा लाभ हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक सेवाको क्षेत्रमा सम्मान मिल्नेछ। परिवारसँगको सहयात्रा रमाइलो बन्नेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ।

मिथुन : शिक्षा क्षेत्रको लगानीबाट नाम र दाम प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह मिल्नेछ। परिवारमा भने विश्वासको खडेरी पर्नेछ।

कर्कट : झुटा आरोप लाग्नसक्छ। विरोधका आवाज लगातार सुन्नुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारमा बढी माया देखाउनाले धोखा हुनसक्छ। प्रेम सम्बन्धमा खटपट हुनसक्छ।

सिंह : आज उत्तरको यात्रा नगर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा ख्याल नगरे जटिल स्वास्थ्य समस्या देखिनसक्छ। परिवारमा धेरै नबोल्नु फाइदा हुनेछ।

कन्या : दैनिकी राम्रो छ। गुरुबाट असहयोग रहे पनि कर्मको फल भने न्यायपूर्वक प्राप्त हुनेछ। विद्यामा उन्नति हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्ध सहज देखिन्छ।

तुला : सन्तानको तर्फबाट खुशी मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारको साथ रहनेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध दरिलो बन्नेछ।

वृश्चिक : धेरै मानिससँगको असन्तुष्टिमै दिन जानेछ। सञ्चित धन खर्च हुनेछ। दाजु, बन्धु र परिवारबाट साथ र सहयोग रहनेछ। आफन्तसँग भेट हुनेछ। व्यापार र लगानीमा हात नहाल्नु राम्रो हुन्छ।

धनु : दिन राम्रो छ। नयाँ ठाउँको यात्रा रमाइलो बन्नेछ। खर्च बढ्ने योग रहेको छ। मित्रबाट सहयोग मिल्नेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा लाभ प्राप्त गर्ने दिन छ।

मकर : तपाईंलाई प्रहार गर्ने साथीबाट जोगिनु पर्नेछ। वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : नराम्रो बोलेकै कारण साथी टाढिन सक्ने योग छ। लगानी भए शिक्षामा सफलता, स्वास्थ्यमा लाभ मिल्नेछ। व्यापारमा आम्दानी हुनेछ। परिवारमा भने मनमुटाव बढ्ने देखिन्छ।

मीन : चन्द्रमा दाहिना छन्। परिवारबाट सुख प्राप्त हुनेछ। समाजमा प्रखर वक्ता बन्ने अवसर देखिन्छ। आर्थिक उन्नति हुनेछ। वैदेशिक क्षेत्रको लागनीबाट फाइदा हुनेछ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ५ : २२ बजे

साल्पा–सिलिचुङको मुन्दुमी मिथक लिपिबद्ध गरिँदै

ललितपुर– मुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन

इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो

इलाम – इलाम नगरपालिका-७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस मतदान केन्द्रमा

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा

भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज

एजेन्सी – भारतमा लोकसभा निर्वाचनअघि विद्युतीय मतदानबारे परेको रिट त्यहाँको

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य