वसन्त पञ्चमीमा सरस्वतीको पूजा किन गरिन्छ ? « Khabarhub

वसन्त पञ्चमीमा सरस्वतीको पूजा किन गरिन्छ ?


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरस्वती विद्या, ज्ञान–विज्ञान, कला–शिल्प, संगीतकी देवी हुन् । शास्त्रमा श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी उल्लेख छ ।

माता सरस्वतीको जन्मोत्सव माघ शुक्लपक्षको वसन्त पञ्चमीको रुपमा मनाइन्छ । विद्याकी खानी देवी सरस्वतीको पूजा गर्नाले विद्या, वाणी र प्रसिद्धिको आशीर्वाद प्राप्त हुने विश्वास गरिन्छ ।

कसरी गर्ने पूजा ?

– बिहानै उठेर नुहाइसकेपछि पवित्र आचरण र वाणीको संकल्प लिँदै माता सरस्वतीको पूजा गर्नुहोस् ।
– पूजामा चन्दन, अक्षता, सेतो र पहेँलो फूल, सेतो चन्दन र सेतो वस्त्र देवीलाई चढाउनुस् । प्रसादमा पहेँलो चामल, खीर, दूध, दही, मक्खन, सेतो तिलको लड्डु, घिउ, नरिवल, सक्खर र मौसम अनुसारको फल चढाउनुस् ।
– माता सरस्वतीसँग बुद्धि र सफलताको कामना गरेर घिउको दियो बाल्दै आरती गर्नुस्। पढाइमा मन नलाग्ने विद्यार्थीहरूले देवी सरस्वतीको नित्य पूजन गरेमा अतिशीघ्र लाभ पाउँछन् ।
– माताको प्रतिमाअघि उभिएर तल लेखिएका श्लोक उच्चारण गर्दा स्मरण शक्ति बढ्छ अनि सबै मनोकामनाहरू पूरा हुनेछन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ६ : २६ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६