जब अमिरले अस्वीकार गरेका फिल्म शाहरुख र सलमानले खेले... | Khabarhub Khabarhub

जब अमिरले अस्वीकार गरेका फिल्म शाहरुख र सलमानले खेले…


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमिर खान एकदमै स्क्रिप्ट छानेर मात्र फिल्म लिने बलिउड अभिनेता हुन् । उनले खेलेका फिल्म प्रायः सन्देशमूलक हुने गर्छन् ।

स्क्रिप्ट छानेर फिल्म खेल्ने क्रममा अमिरले सुपरटिह बनेका फिल्म पनि अस्वीकार गरेका छन् । जुन फिल्मबाट अन्य कलाकारले राम्रै चर्चा पाएका छन् ।

अमिरले अस्वीकार गरेको फिल्म शाहरुख खान र सलमानले पनि खेलेका छन् । सो फिल्मको चर्चा आजको दिनमा पनि हुने गर्छ ।

डर
सन् १९९३ मा प्रदर्शनमा आएको डर फिल्मबाट शाहरुखले राम्रै चर्चा पाए । यो त्यस वर्षको सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको थियो ।

त्यति मात्र होइन, यही फिल्मबाट शाहरुखले डाइलग पाए, ‘तुम, ऐसा मत करो कि… कि… किरण ।’ आज पनि सार्वजनिक कार्यक्रममा उनलाई यो डाइलग बोल्न आग्रह गरिन्छ ।

तर रोचक कुरा निर्देशक यश चोप्राले यो फिल्मका लागि पहिला अमिरलाई प्रस्ताव गरेका थिए । अमिरले अस्वीकार गरेपछि शाहरुखले यो फिल्म पाएका हुन्  ।

हम आपके हे कौन
हम आपके है कौन सन् १९९४ मा प्रदर्शनमा आएको सबैभन्दा हिट फिल्म हो । सलमान खानको मुख्य भूमिका रहेको यस फिल्मले ६९ करोडको व्यापार गरेको थियो ।

यो सलमानको करिअरलाई नै ब्रेक दिने मध्येको एक फिल्म हो । तर यस फिल्मका लागि निर्देशक सुरज बड्जात्याको पहिलो रोजाइमा सलमान थिएनन् ।

बड्जात्याले सुनाएको स्क्रिप्टबाट अमिर प्रभावित नभएपछि सलमानले हिट फिल्मको अवसर पाए ।

डीडीएलजे
डीडीएलजे शाहरुख खान र काजोल मुखर्जीको एकदमै हिट फिल्म हो । यी दुईलाई अझै पनि यही फिल्मका कलाकार भनेर सम्बोधन गरेको पाइन्छ ।

सन् १९९५ मा प्रदर्शनमा आएको यही फिल्मबाट उनीहरूले स्टारडमको दायरा विस्तार गर्न पाए ।

यो फिल्मको पहिलो प्रस्ताव पनि अमिरलाई नै गएको थियो । उनी फिल्म ‘रंगीला’को सुटिङमा व्यस्त भएका कारण शाहरुखले अवसर पाएको बताइन्छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ७ : २७ बजे

ट्रमा सेन्टरमा मात्रै ६ जना प्रदर्शनकारीको मृत्यु, ज्यान गुमाउने १४ पुगे

काठमाडौँ– जेन-जीका नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दा ज्यान

यिनीहरूलाई शासक हौँ भन्ने हक बाँकी रहेन, सत्ता छाड्नुपर्छ अब : आचार्य

काठमाडौं– संविधानविद् तथा विश्लेषक भिमार्जुन आचार्यले जेनजी पुस्ताको आन्दोलनमा सरकारको

अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ : सोविता गौतम 

काठमाडौं– सरकारले बन्दुकको सहारामा देशको भविष्यको हत्या गरेको राष्ट्रिय स्वतन्त्र

आन्दोलनका घाइतेको ज्यान बचाउने जुनसुकै उपचार निःशुल्क गर्न मन्त्रालयको सर्कुलर 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार भएको आन्दोलनमा घाइते भएका

पोखरामा निषेधाज्ञा जारी

गण्डकी– जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र