माओवादी विधान : पदाधिकारी र केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित ! « Khabarhub

माओवादी विधान : पदाधिकारी र केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित !


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज माओवादीको विधानमाथि समूहका २० नेताले निष्कर्ष पेस गर्ने छन् । हाल माओवादी केन्द्रको प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी रहेको पार्टी सचिव देवेन्द्र पौडेलको भनाइ छ  । 

उनका अनुसार १ बजेपछि  २० वटा समूहका टाली नेताले निष्कर्ष पेस गर्ने  कार्यक्रम छ ।  मङ्गलबारदेखि राजधानीमा सुरु भएको प्रथम विधान अधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ वटा बुँदामा मंगलबार नै संम्सोधन गर्नुपर्ने बताएका थिए । 

माओवादीका एक नेताका अनुसार मंगलबार अध्यक्ष प्रचण्डले सुरुमै विधानमाथि ६–७ वटा बुँदा संशोधन गर्न लगाएका थिए । माओवादीको विधानमा प्रत्यक्ष समितिले निर्वाचन मार्फत  पदाधिकारी चयन गर्ने प्रकृया ल्याउन लागेको बताइएको छ ।

यस्तै केन्द्रीय  समितिमा पनि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था ल्याउन लागेको छ । 

हाल कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा १३, पार्टी मुख्यालय पेरिसडाँडामा पाँच तथा जमलस्थित राष्ट्रिय नाचघर र प्रदेश कार्यालयमा एक–एक वटा समूह छलफलमा केन्द्रित रहेको माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । 

यता पार्टीका केन्द्रीय सदस्य माधव सापकोटाका अनुसार आज नै विधानमाथिको छलफलका निष्कर्ष पेस गरेर थप त्यसको प्रकृर्या अगाडि बढाइनेछ  । 

२० समूहमा एउटा समूहमा ५० देखि ५५ जना सदस्य रहेको मुख्यसचिव  ढकालको भनाइ छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १२ : ४४ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी