सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २३ प्रतिशतले बढ्यो « Khabarhub

सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २३ प्रतिशतले बढ्यो


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पर्सा– सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पर्सामा बढ्दै गएको छ । गत आर्थिक वर्षको साउनदेखि माघसम्मको तुलनामा चालू आवको सोही अवधिमा सवारी दुर्घटनामा ५८ प्रतिशत वृद्धि भएको छ भने ज्यान गुमाउनेको सङ्ख्या २३ प्रतिशतले बढेको छ ।

गत आवको पहिलो छ महिनामा भएका एक सय ३१ सवारी दुर्घटनामा परी २२ जनाको मृत्यु भएको तुलनामा चालू आवको सोही अवधिमा दुई सय सात सवारी दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । जिल्लामा भएका कुल सवारी दुर्घटनामध्ये ६५ प्रतिशत दुर्घटना मोटरसाइकलका छन् । 

मृत्यु हुनेमा मोटरसाइकल चालक नै बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । 

उनले सबैभन्दा बढी सवारी दुर्घटना जिल्लाको ग्रामीण भेगमा हुने गरेको छ । उनले दुर्घटनाको मुख्य कारण द्रुतगतिमा सवारी साधन चलाउनु नै रहेको बताए । सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या वृद्धि भएसँगै दुर्घटनामा परी गम्भीर घाइते हुनेको सङ्ख्या १९ प्रतिशत र समान्य घाइतेको सङ्ख्या ५० प्रतिशतले वृद्धि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  

गत आवमा भएका सवारी दुर्घटनामा परी गम्भीर ४१ र सामान्य एक सय ८१ घाइते भएको तुलनामा चालू आवमा गम्भीर घाइते हुनेको सङ्ख्या ४९ र सामान्य घाइतेको सङ्ख्या दुई सय ७१ पुगेको निरीक्षक खतिवडाले जानकारी दिए । उनले बढ्दो सवारी दुर्घटनालाई न्यून गर्न ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा आयोजना गरेको चेतनामूलक कार्यक्रममा ४१ हजारभन्दा बढी व्यक्तिलाई सवारी ऐनबारे जनचेतना दिएको बताए । 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १ : ३४ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर