नेपाली चिकित्सक परीक्षार्थीको संस्थालाई अमेरिकी अदालतले बयानका लागि बोलायो « Khabarhub

नेपाली चिकित्सक परीक्षार्थीको संस्थालाई अमेरिकी अदालतले बयानका लागि बोलायो


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली चिकित्सक परीक्षार्थीहरुमाथि अमेरिकाको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ् एक्जामिनेसन (युएसएमएलइ) ले गरेको निर्णयका विरुद्धमा वासिङ्टन डिसीस्थित संघीय अदालतले प्रश्न उठाउँदै बयानका लागि बोलाएको छ ।

अदालतले सो संस्थालाई फेब्रुअरी १८ भित्र बयानका लागि उपस्थित हुन आदेश दिएको हो । नेपाली चिकित्सक विद्यार्थीहरुका तर्फबाट नेपाली चिकित्सक परीक्षार्थीहरूको एक समूहले दायर गरेको मुद्दामा न्यायाधीश रुडोल्फ कोन्त्रेरसले सोमबार सो आदेश जारी गरेको अमेरिकास्थित एक चिकित्सकले राससलाई जानकारी दिएका छन् । 

अमेरिकामा ‘रेजिडेन्सी डाक्टर’ बनेर काम गर्दै पढ्न आएका नेपाली डाक्टरहरूको नेपालको परीक्षा र नतिजाका बारेमा सो संस्थाले प्रश्न उठाउँदै उनीहरूलाई अयोग्य भएको निर्णय समेत गरेको थियो । सो निर्णयबाट अमेरिकामा सन् २०२२ यता काम गर्दै र पढ्दै गरेका चिकित्सकहरू समेत प्रभावित भएका थिए । यो निर्णयका विरुद्ध उनीहरुले उक्त अदालतमा मुद्दा दायर गरेका थिए । 

अदालतको यस आदेशले उनीहरुलाई केही राहत दिएको छ । अमेरिकाको ‘नेसनल बोर्ड अफ मेडिकल लाइसेन्सिङ’ लाई अदालतले नेपाली चिकित्सक परीक्षार्थीहरुलाई सो संस्थाले दिएको अन्तिम म्यादसमेत स्थगित गर्न आदेश जारी गरेको छ । 

युएसएमएलइ चिकित्सा शिक्षाको थप अध्ययनका लागि प्रवेश परीक्षा लिने चिकित्सा शिक्षा आयोगजस्तै नियामक निकाय हो । सो संस्थाले नेपालको मेडिकल परीक्षा प्रणालीप्रति प्रश्न उठाउँदै सो परीक्षा र त्यसबाट प्राप्त भएको नतिजालाई अमेरिकाले स्वीकार नगर्ने नीति जारी गरेको थियो । 

यो निर्णयले हाल अमेरिकामा अभ्यासमा रहेका, सन् २०२२ यता अमेरिका आएर ‘रेजिडेन्सी’ गरेका र एमडी गरिरहेका नेपाली डाक्टरहरुलाई प्रभावित पारेको थियो । उनीहरुको योग्यतामा प्रश्न उठ्दा यहाँ कार्यरत काम समेत छोड्नुपर्ने र अमेरिकामा बैधानिकरुपमा भइरहेको बसोवाससमेत छोडेर फर्किनुपर्ने वाध्यकारी अवस्था आएको थियो । 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ५ : १८ बजे

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा