केकीको फिल्म ‘बोक्सीको घर’को ‘फस्टलकु’ पोस्टर सार्वजनिक  « Khabarhub

केकीको फिल्म ‘बोक्सीको घर’को ‘फस्टलकु’ पोस्टर सार्वजनिक 


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’को पहिलो आधिकारिक पोस्टर सार्वजनिक भएको छ । उनले भ्यालेन्टाइन-डे र सरस्वती पूजाको अवसर पारेर ‘फस्टलुक’ पोस्टर सार्वजनिक गरेकी हुन् । 

पोस्टरमा जुनेली रातमा पिपलको फेदमा अधबैँशे महिला रातो सारीमा पिठ्यूँ फर्काएर उभिएको देख्न सकिन्छ । कलात्मक पोस्टरले नामअनुसारकै ‘हरर फिल्म’ को आभास दिन्छ ।  

फिल्ममा केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारतीलगायतको अभिनय रहेको छ ।  

केकीको होम प्रोडक्सनमा बन्ने यो फिल्मले सामाजिक कुप्रथाको विषय बोकेको छ । भारतीले लेखेको नाटकमा आधारित भएर फिल्म निर्माण गरिएको बुझिएको छ । 

भारतीकै निर्देशन रहेको यो फिल्मको निर्माता बद्री अधिकारी र कार्यकारी निर्माता राज घिमिरे हुन् । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्म लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । 

निर्माण पक्षले यसअघि नै फिल्म वैशाख १४ बाट प्रदर्शनमा आउने जानकारी दिएको थियो । 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  २ : ४१ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले