केकीको फिल्म ‘बोक्सीको घर’को ‘फस्टलकु’ पोस्टर सार्वजनिक  « Khabarhub

केकीको फिल्म ‘बोक्सीको घर’को ‘फस्टलकु’ पोस्टर सार्वजनिक 


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’को पहिलो आधिकारिक पोस्टर सार्वजनिक भएको छ । उनले भ्यालेन्टाइन-डे र सरस्वती पूजाको अवसर पारेर ‘फस्टलुक’ पोस्टर सार्वजनिक गरेकी हुन् । 

पोस्टरमा जुनेली रातमा पिपलको फेदमा अधबैँशे महिला रातो सारीमा पिठ्यूँ फर्काएर उभिएको देख्न सकिन्छ । कलात्मक पोस्टरले नामअनुसारकै ‘हरर फिल्म’ को आभास दिन्छ ।  

फिल्ममा केकीसँगै सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारतीलगायतको अभिनय रहेको छ ।  

केकीको होम प्रोडक्सनमा बन्ने यो फिल्मले सामाजिक कुप्रथाको विषय बोकेको छ । भारतीले लेखेको नाटकमा आधारित भएर फिल्म निर्माण गरिएको बुझिएको छ । 

भारतीकै निर्देशन रहेको यो फिल्मको निर्माता बद्री अधिकारी र कार्यकारी निर्माता राज घिमिरे हुन् । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्म लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । 

निर्माण पक्षले यसअघि नै फिल्म वैशाख १४ बाट प्रदर्शनमा आउने जानकारी दिएको थियो । 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  २ : ४१ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले