रवि र जीबीको विवरण पठाउन २० वटा बैंकलाई सम्पत्ति शुद्धीकरण विभागको चिठी « Khabarhub

रवि र जीबीको विवरण पठाउन २० वटा बैंकलाई सम्पत्ति शुद्धीकरण विभागको चिठी


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईमाथि छानबिन थालेको हो।

यसक्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवरण मागेको छ। माघ ८ गते नेपाल बैंकसहित अन्य १९ वटा बैंकलाई लामिछाने र राईको विवरण मागेको छ।

चिठीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको छ।

राई सूर्यदर्शनलगायत सहकारी ठगी प्रकरणमा फरार छन्। नेपाल प्रहरीले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ। लामिछाने राईका व्यापारिक साझेदार हुन्। ग्यालेक्सी फोरके टिभीमा राईसँग लामिछाने साझेदार थिए।

विभागले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबिआई, एभरेष्ट, एनआईसी एसिया, कुमारी, कृषि विकास बैंकलगायतलाई चिठी लेखेको छ।

 

 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ४ : ३१ बजे

‘एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन

टीकापुर– कैलालीको टीकापुरका एचआईभी सङ्क्रमितहरुले पोषण सहयोग नियमित गर्न पालिकासँग

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

दमौली– तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा

आफ्ना नागरिकलाई इराक छोड्न अमेरिकी निर्देशन

बगदाद- अमेरिकाको बगदादस्थित दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई

एक करोड लगानीमा भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी– रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५