पाही इन्भेष्टमेन्टद्वारा लगानीकर्ता शेयर सचेतना कार्यक्रम सम्पन्न « Khabarhub

पाही इन्भेष्टमेन्टद्वारा लगानीकर्ता शेयर सचेतना कार्यक्रम सम्पन्न


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाही इन्भेष्टमेन्टले आज  सरस्वती पूजाको अवसरमा लगानीकर्ता शेयर सचेतना कार्यक्रम गरेको छ ।

आज श्रीपञ्चमीका दिन पाही इन्भेष्टमेन्ट प्रा.लि द्वारा सरस्वतीको पूजा–आराधना गरी विविध कार्यक्रमका साथ लगानीकर्ता शेयर सचेतना कार्यक्रम र निःशुल्क डीम्याट खाता अभिनयसमेत सञ्चालन गरिएको थियो।

पाही इन्भेष्टमेन्ट प्रा.लिले सञ्चालन गरेको लगानीकर्ता शेयर सचेतना कार्यक्रम र निःशुल्क डीम्याट खाता अभियान पुल्चोक इन्जिनियर कलेज र थापाथली इन्जिनियर कलेजमा आयोजना गरेको हो ।

लगानीकर्ताहरुमाझ शेयर बजारको आधारभूत पक्ष, नेपालको शेयर बजार, कम्पनी विश्लेषण, पोर्टफोलियो व्यवस्थापन तथा प्राविधिक विश्लेषणबारे कार्यक्रममा लगानीकर्ताहरुसँग रहेका शेयर बजारसँग सम्बन्धित विभिन्न समस्या तथा तिनको समाधानका विषयमा अन्तरक्रिया भएको थियो ।

सो कार्यक्रममा पाही इन्भेस्टमेन्ट प्रा.लिका तर्फबाट अध्यक्ष इन्द देव यादव, पाही इन्भेष्टमेन्टका डाइरेक्टर दुर्गानन्द यादव तथा कार्यकारी निर्देशक कमल घितालले लगानीकर्ता शेयर सचेतना कार्यक्रम  प्रदान गरेका थिए।

कार्यक्रमको सम्बन्धमा बोल्दै पाही इन्भेष्टमेन्ट प्रा.लिका अध्यक्ष इन्दु देव यादवले शेयर बजार, सम्भावना, चुनौती, डिम्याट, लगानी गर्ने अवसर, पर्खने अवस्था लगायतका विविध विषयमा जानकारी दिए।

साथै उनले शेयर बजार सचेतनाको काम हुनुका साथै शेयर बजारसम्बन्धी सम्पूर्ण प्रक्रिया, ज्ञान र अनुभव कार्यक्रममा सहभागी भएकालाई जानकारी दिइएको उल्लेख गरे।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ५ : २६ बजे

दुर्लुङदेखि कुश्मासम्म अम्बा बेच्ने जमुनाको संघर्ष (तस्बिरहरू)

काठमाडौं– पर्वतको कुश्मा नगरपालिका–३ स्थित दुर्लुङ गाउँकी जमुना परियार गाउँका

साँगा–धुलिखेल सडक निर्माण तीव्र गति

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगा–धुलिखेल सडक निर्माणलाई तीव्रता दिइएको छ

मधेसमा झन्डै नौ अर्ब सहुलियतपूर्ण कृषि कर्जा प्रवाह

धनुषा– मधेस प्रदेशमा रु आठ अर्ब ९९ करोड सहुलियतपूर्ण कृषि

४२३ करोड कमाउँदै ‘जेलर २’ दोस्रो स्थानमा, दुई सातामै किन घट्यो रजनीकान्तको फिल्मको कमाइ ?

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ ले बक्स

मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल

जनकपुरधाम– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता