पाकिस्तानमा नयाँ सरकार बनाउन कसरत जारी « Khabarhub

पाकिस्तानमा नयाँ सरकार बनाउन कसरत जारी


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा सम्पन्न निर्वाचनमा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न असफल भएसँगै नयाँ सरकार बनाउन कसरत सुरु भएको छ । निर्वाचनको परिणामबाट पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग नवाज (पीएमएल–एन) सबैभन्दा ठूलो दल बनेर उदाएको छ । यस पार्टीले ७५ सिट पाएको छ ।

यद्यपि गत फेब्रुअरी ८ मा सम्पन्न निर्वाचन परिणामअनुसार स्वतन्त्र उम्मेदवारले १ सय १ सिट पाएका छन् । निर्वाचित स्वतन्त्र सांसदमध्ये अधिकांश पूर्वप्रधानमन्त्री इमरान खानको पाकिस्तान तहरिक ए इन्साफ पार्टीका समर्थक छन् । पूर्वविदेशमन्त्री बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी पीपीपीले भने केबल ५४ सिट प्राप्त गरेको छ ।

यससँगै पीएमएलएनले पीपीपीसँग मिलेर सरकार बनाउने तयारी थालेको रोयटर्सले जनाएको छ । पीएमएलएनले नवाजका भाइ एवम् पूर्वप्रधानमन्त्री सहबाज सरिफलाई उम्मेदवार बनाउन लागेको बीबीसीले जनाएको छ । शहबाज सन् २०२२ देखि सन् २०२३ सम्म पाकिस्तानको प्रधानमन्त्री थिए ।

त्यसबाहेक नवाजले आफ्नी छोरी मरियम नवाजलाई पञ्जाब प्रान्तको मुख्यमन्त्री पदका लागि अघि सारेका छन् । उता, पीपीपीले भने नवाजको पार्टीलाइ सरकार बनाउन समर्थन गर्ने जनाएको छ ।

पाकिस्तानमा सरकार बनाउन १६९ सिटको आवश्यकता पर्छ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइनल संस्करणले जनाएअनुसार पीएलएमएन र पीपीपीसहित मुत्थैदा कोमी मुभमेन्ट पाकिस्तान, पाकिस्तान मुस्लिम लिग काइद ए आजम, इस्तेकामा ए पाकिस्तान र बलोचिस्तान अवामी पार्टी गरी ६ वटा राजनीतिक दलले सहबाज सरकारमा जान तयार रहेको जनाएका छन् ।

यी सबै दलको सिट जोड्दा १५२ पुग्छ । यद्यपि महिला र गैरमुसलमानलाई प्रदान गरिने आरक्षण सिट विभाजन गरेको खण्डमा यस गठबन्धनले सहजै १६९ को आँकडा पार गर्ने डनले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ५ : ५६ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर