गाडीले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु « Khabarhub

गाडीले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा गाडीले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।  दुर्घटनामा एक किशोरी गम्भीर घाइते भएकी छन्। 

प्यूठानको झिमरूक गाउँपालिका-१ घर भई हाल दाङको राप्ती गाउँपालिका–८ पिपरीमा बस्दै आएकी ३५ वर्षीया राधा बस्नेतको मृत्यु भएको छ। 

गम्भीर घाइते उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी सिसहनियाँ लगिएकोमा त्यहाँबाट लमही अस्पतालमा पुर्‍याउनासाथ  बस्नेतलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए।

साइकल चलाइरहेकी बस्नेतको मृत्यु भएको र सोही साइकलको पछाडि सवार राप्ती गाउँपालिका–८ पिपरीकी १६ वर्षीया विपना केसी गम्भीर घाइते भएकी छन्। दाङको प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई बुटवल रिफर गरिएको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुधबार बेलुकी राप्ती गाउँपालिका–८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२२ च १३६९ नम्बरको स्कार्पियोले पश्चिमतर्फ आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ६ : ३५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल