गाडीले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु | Khabarhub Khabarhub

गाडीले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा गाडीले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।  दुर्घटनामा एक किशोरी गम्भीर घाइते भएकी छन्। 

प्यूठानको झिमरूक गाउँपालिका-१ घर भई हाल दाङको राप्ती गाउँपालिका–८ पिपरीमा बस्दै आएकी ३५ वर्षीया राधा बस्नेतको मृत्यु भएको छ। 

गम्भीर घाइते उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी सिसहनियाँ लगिएकोमा त्यहाँबाट लमही अस्पतालमा पुर्‍याउनासाथ  बस्नेतलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताए।

साइकल चलाइरहेकी बस्नेतको मृत्यु भएको र सोही साइकलको पछाडि सवार राप्ती गाउँपालिका–८ पिपरीकी १६ वर्षीया विपना केसी गम्भीर घाइते भएकी छन्। दाङको प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई बुटवल रिफर गरिएको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुधबार बेलुकी राप्ती गाउँपालिका–८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ३-०१-०२२ च १३६९ नम्बरको स्कार्पियोले पश्चिमतर्फ आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ६ : ३५ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून