एमालेले सचिवहरूलाई बुझायो ज्ञापनपत्र « Khabarhub

एमालेले सचिवहरूलाई बुझायो ज्ञापनपत्र


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ‘झुलाघाट-चुवा भञ्ज्याङ’ अभियानका क्रममा संकलित नागरिकका समस्या तथा सुझाव समेटिएको ज्ञापनपत्र मुख्यसचिव र विभिन्न मन्त्रालयका सचिवलाई बुझाएको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेल र सो पार्टीका मुख्य सचेतक पदम गिरीले आज नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्याललगायत विभिन्न मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाए ।

एमालेले गत मङ्सिर १४ गतेदेखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि मेचीको चुवा भञ्ज्याङसम्मको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गरेको थियो । सो अवसरमा प्राप्त नागरिकका समस्या र सुझाव समेटिएको दस्तावेज आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममार्फत सरकारका सचिवहरूलाई बुझाइएको हो ।

सो अवसरमा उपाध्यक्ष पौडेलले मध्यपहाडी क्षेत्रमा पछिल्लो समय बसाइँसराइको गति तीव्र भएको, खेतीयोग्य जमिन बाँझो हुँदै गएको, घरहरू खण्डहरू बन्दै गइरहेको भन्दै बसाइँसराइ कम गर्न अध्ययन गरी काम अगाडि बढाउन आग्रह गरे ।

उपाध्यक्ष पौडेलले मध्यपहाडी लोकमार्गलगायत विभिन्न राजमार्गको काम अगाडि बढाउन र पहाडी क्षेत्रमा गर्न सकिने विकासका काम सरकारले यथाशीघ्र अगाडि बढाउनुपर्नेमा जोड दिए। 

आज बुझाइएको ज्ञापनपत्र दराजमा मात्रै नथन्क्याउन र प्राप्त सुझावका आधारमा नागरिकका समस्या सम्बोधन गर्न उनले आग्रह गरे।

मुख्यसचिव डा वैकुण्ठ अर्यालले ज्ञापनपत्रमा प्राप्त सुझाव महत्वपूर्ण हुने भन्दै सुझावअनुसार कार्यान्वयन गरिने उल्लेख गरे। 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ६ : ५७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह