प्रेम दिवसमा सौराहामा बढेन रौनकता « Khabarhub

प्रेम दिवसमा सौराहामा बढेन रौनकता


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

चितवन– बुधबार दिउँसोसम्म सौराहाको मुख्य बजारस्थलमा रहेको जङ्गल सफारी लजमा पाँचवटा कोठा मात्र बुकिङ भएका छन् । होटलका सञ्चालक सुमन घिमिरेका अनुसार ३२ वटा कोठा रहेको सो होटलमा साँझसम्म केही पर्यटक थपिए पनि आशालाग्दो अवस्था भने छैन । 

विगतका वर्षमा जस्तो प्रणय दिवस मनाउन पर्यटकीय नगरी सौराहा आउने पर्यटक अहिले छैनन् । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष घिमिरेले भने ‘प्रणय दिवसमा पनि आशालाग्दो अवस्था देखिएन । यहाँ जारी खाना महोत्सवमा दिउँसो चहलपहल भए पनि बासबस्ने पर्यटक कम छन् ।’

नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द भइ काम भइरहेको छ । मुग्लिनदेखि काठमाडौँसम्म काम भइरहेकाले अस्तव्यस्त नै छ । त्यस्तै मुग्लिन पोखरा र नारायणगढ–बुटवल सडकको अवस्था पनि उस्तै छ । सडकको अवस्था र आर्थिक मन्दिका कारण पर्यटक नआएको घिमिरेको भनाइ छ ।

घिमिरेले आज बिहान मात्र करिब १० वटा होटलमा बुझ्दा अवस्था राम्रो नपाएको बताए। क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराई सौराहामा गरिएको मेला महोत्सवको प्रभाव होटलहरुमा पर्न नसकेको बताउँछन् । प्रणय दिवसमा निकै कम पर्यटक सौराहा आएको उनको भनाइ छ । 

आज मध्यान्हसम्म ३० प्रतिशत हाराहारी मात्र होटलमा पर्यटक आएको भन्दै उनले दश प्रतिशत थप हुने अपेक्षा गरिएको बताए। 

क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया मध्यान्हसम्म खासै पर्यटक आइनसकेको बताउँदै साँझसम्ममा आउने अपेक्षा गर्छन्  । उनले भने’गत वर्षमा यतिबेलासम्म कोठा सकेर अरु होटलमा खोज्न थाल्थे । अहिले त्यस्तो अवस्था छैन ।’ यद्यपि आफूहरू आशावादी रहेको उनले बताए। 

सडकको अवस्था राम्रो नभएको र आर्थिक मन्दिनै पर्यटक नआउनुको कारण भएको उनले बताए। सौराहामा पाँच हजार पाँच सयजना पर्यटकलाई एकै पटक राख्न सक्ने क्षमता छ । यहाँ एक सय २० वटा होटल र करिब एक सय वटा रेस्टुराँ सञ्चालनमा छन् । 

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ७ : १७ बजे

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल–कोरियामैत्री अस्पतालमा थप ५० शय्या सञ्चालनको अनुमति

भक्तपुर– बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई  बिरामीलाई

रेडक्रस सोसाइटीले राजनीतिबाट मुक्त भई निष्पक्ष कार्यसम्पादन गर्नुपर्छः गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रस सोसाइटीले राजनीतिबाट टाढा रहेर

निर्वाचनमा जिम्मेवार भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई उपराष्ट्रपतिको आह्वान

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र