विश्वकप लिग–२ क्रिकेटमा राम्रो नतिजा आउने कप्तान र प्रशिक्षकको विश्वास « Khabarhub

विश्वकप लिग–२ क्रिकेटमा राम्रो नतिजा आउने कप्तान र प्रशिक्षकको विश्वास


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान र प्रशिक्षकले विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा राम्रो नतिजा आउने विश्वास व्यक्त गरेका छन् ।

प्रतियोगीता अघि बुधबार काठमाडौंमा आयोजित प्रिम्याचमा उनीहरुले लिग–२ को तयारी राम्रो भएको र नतिजा पनि राम्रो आउने बताएका हुन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टीमले राम्रो तयारी गरेको बताए । उनले क्यानडासँगको खेलले पनि खेलाडीहरुलाई थप अभ्यास मिलेको जनाए ।

त्यस्तै मुख्य प्रशिक्षक मोन्टी देशाईले विश्वकप लिग–२ नेपालका लागि निकै महत्वपूर्ण भएकाले राम्रो तयारी भएको बताए । उनले नामिबिया र नेदरल्याण्ड्स निकै राम्रो टीम भएकाले राम्रो क्रिकेट प्रदर्शन गर्ने जिकिर गरे ।

त्यस्तै नामिबिया र नेदरल्याण्ड्सका कप्तान र प्रशिक्षकहरुले पनि खेलका लागि आफूहरु उत्साहित भएको र राम्रो नतिजा आउने बताएका छन् । आईसीसी विश्वकप लिग–२ क्रिकेट बिहीबारबाट सुरु हुँदै छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ८ : २४ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ