विश्वकप लिग–२ क्रिकेटमा राम्रो नतिजा आउने कप्तान र प्रशिक्षकको विश्वास | Khabarhub Khabarhub

विश्वकप लिग–२ क्रिकेटमा राम्रो नतिजा आउने कप्तान र प्रशिक्षकको विश्वास


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान र प्रशिक्षकले विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा राम्रो नतिजा आउने विश्वास व्यक्त गरेका छन् ।

प्रतियोगीता अघि बुधबार काठमाडौंमा आयोजित प्रिम्याचमा उनीहरुले लिग–२ को तयारी राम्रो भएको र नतिजा पनि राम्रो आउने बताएका हुन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टीमले राम्रो तयारी गरेको बताए । उनले क्यानडासँगको खेलले पनि खेलाडीहरुलाई थप अभ्यास मिलेको जनाए ।

त्यस्तै मुख्य प्रशिक्षक मोन्टी देशाईले विश्वकप लिग–२ नेपालका लागि निकै महत्वपूर्ण भएकाले राम्रो तयारी भएको बताए । उनले नामिबिया र नेदरल्याण्ड्स निकै राम्रो टीम भएकाले राम्रो क्रिकेट प्रदर्शन गर्ने जिकिर गरे ।

त्यस्तै नामिबिया र नेदरल्याण्ड्सका कप्तान र प्रशिक्षकहरुले पनि खेलका लागि आफूहरु उत्साहित भएको र राम्रो नतिजा आउने बताएका छन् । आईसीसी विश्वकप लिग–२ क्रिकेट बिहीबारबाट सुरु हुँदै छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ८ : २४ बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा