राष्ट्रपतीय चुनाव जितेको इन्डोनेसियाका रक्षामन्त्री सुबियान्तोको दाबी « Khabarhub

राष्ट्रपतीय चुनाव जितेको इन्डोनेसियाका रक्षामन्त्री सुबियान्तोको दाबी


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जकार्ता- इन्डोनेसियाका रक्षामन्त्री प्रबोवो सुबियान्तोले बुधबार भएको राष्ट्रपतिको निर्वाचनको पहिलो चरणमा विजयी भएको दाबी गरेका छन्  । प्रारम्भीक नतिजाले आफूलाई दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रको नेता निर्वाचित गर्ने सङ्केत गरेपछि उनले यस्तो दाबी गरेका हुन् ।

आधिकारिक नतिजा आगामी महिनासम्म आउने छैन तर कम्तीमा दुई स्वतन्त्र मतदाता सर्वेक्षकले कथित ‘द्रुत गणना’ का लागि मतदान केन्द्रहरूमा मतपत्रहरूको नमूना सङ्कलन गरेका थिए । करिब दुई तिहाइ नमूना मतगणना गर्दा सुबियान्तोलाई ५५ प्रतिशतभन्दा धेरै मत आएपछि विजय विश्वसनीय देखाएको थियो ।

उनले मध्य जाकर्ताको एक मैदानमा जम्मा भएको भीडलाई सम्बोधन गर्दै भने, “सबै गणना, सबै सर्वेक्षणकर्ताका आँकडाले प्रबोवो–जिब्रानले एउटै चरणमा जित हासिल गरेको देखाएका छन्, यो जित सबै इन्डोनेसियाली जनताको जित हुनुपर्छ ।”

प्रारम्भिक नतिजाले उनलाई आफ्ना प्रतिद्वन्द्वी अनिस बास्वेदन र गान्जर प्रणवोलाई दोस्रो चरणको रनअफ भोटबाट जोगाउन बहुमतको लाइनमा राखेको छ । दोस्रो चरणको मतदान जुनमा हुने तालिका छ ।

सुबियान्तोलाई राष्ट्रपति पद सुरक्षित गर्नका लागि कूल मतको ५० प्रतिशतभन्दा धेरै र मुलुकको आधाभन्दा धेरै ३८ प्रान्तमा खसालिएको मतपत्रको कम्तीमा पनि पाँचौँ भाग प्राप्त गर्नुपर्ने आवश्यकता छ ।

जितको दाबी गर्दै सुबियान्तोले निर्वाचन आयोगको ‘आधिकारिक नतिजा’ को प्रतीक्षा गर्ने बताए । “इन्डोनेसियाली लोकतन्त्र राम्रोसँग चलिरहेको हामीलाई विश्वास छ, जनताले दृढ सङ्कल्प गरेका छन् र निर्णय गरेका छन्”, उनले समर्थकहरूसँग भने ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ८ : ४७ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने