कतारले मृत्युदण्डको फैसला सुनाएका ८ भारतीय नागरिक रिहा « Khabarhub

कतारले मृत्युदण्डको फैसला सुनाएका ८ भारतीय नागरिक रिहा


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारले मृत्युदण्डको फैसला सुनाएका आठ जना भारतीय नौसेनाका ८ जना पूर्वकर्मचारी रिहा भएका छन् । कतारको एउटा अदालतले मुक्त गर्न आदेश दिएपछि उनीहरु रिहा भएका हुन् । कतारको निजी सुरक्षा कम्पनीमा काम गर्ने ती भारतीय नागरिकले कतारी जलसेनालाई विभिन्न तालिम दिँदै आएका थिए ।

उनीहरुलाई सन् २०२२ को सेप्टेम्बरमा पक्राउ गरिएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार उनीहरुमाथि इजरायलका लागि गुप्तचरी गरेको अभियोग लगाइएको थियो ।

कतार भारतको लागि प्राकृतिक ग्यासको सबैभन्दा ठुलो आपूर्तिकर्ता हो । कतारमा करिब आठ लाख भारतीय काम गर्छन् ।

दुबईमा डिसेम्बर १ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच कप–२८ सम्मेलनको बेलामा भेटवार्ता भएको थियो । यो भेटघाटको चार हप्ता भित्र यो घोषणा आएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १२ : १९ बजे

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि