कतारले मृत्युदण्डको फैसला सुनाएका ८ भारतीय नागरिक रिहा | Khabarhub Khabarhub

कतारले मृत्युदण्डको फैसला सुनाएका ८ भारतीय नागरिक रिहा


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारले मृत्युदण्डको फैसला सुनाएका आठ जना भारतीय नौसेनाका ८ जना पूर्वकर्मचारी रिहा भएका छन् । कतारको एउटा अदालतले मुक्त गर्न आदेश दिएपछि उनीहरु रिहा भएका हुन् । कतारको निजी सुरक्षा कम्पनीमा काम गर्ने ती भारतीय नागरिकले कतारी जलसेनालाई विभिन्न तालिम दिँदै आएका थिए ।

उनीहरुलाई सन् २०२२ को सेप्टेम्बरमा पक्राउ गरिएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार उनीहरुमाथि इजरायलका लागि गुप्तचरी गरेको अभियोग लगाइएको थियो ।

कतार भारतको लागि प्राकृतिक ग्यासको सबैभन्दा ठुलो आपूर्तिकर्ता हो । कतारमा करिब आठ लाख भारतीय काम गर्छन् ।

दुबईमा डिसेम्बर १ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबिच कप–२८ सम्मेलनको बेलामा भेटवार्ता भएको थियो । यो भेटघाटको चार हप्ता भित्र यो घोषणा आएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  १२ : १९ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार