अब श्रीलंका र मौरिससमा पनि भारतीय भुक्तानी प्रणाली यूपीआई चल्ने « Khabarhub

अब श्रीलंका र मौरिससमा पनि भारतीय भुक्तानी प्रणाली यूपीआई चल्ने


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको अनलाइन भुक्तानी प्रणाली यूपीआई श्रीलंका र मौरिससमा पनि सञ्चालनमा आएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भर्चुअल उपस्थितीमा श्रीलंका र मौरिससमा पनि यूपीआई सञ्चालनमा ल्याइएको हो । त्यसबाहेक मौरिससमा भारतको अनलाइन भुक्तानी माध्यम ‘रुपे’ पनि सञ्चालनमा आएको छ ।

यूपीआई सञ्चालनको शुभारम्भ कार्यक्रममा भारतीय प्रधानमन्त्री मोदीसहित श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाउथको पनि उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री मोदीले यूपीआई सञ्चालनमा आएसँगै भारत र श्रीलंका तथा मौरिससबीचको आर्थिक सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गरे । त्यसबाहेक श्रीलंका र मौरिससको भ्रमण गर्ने भारतीय पर्यटकलाई पनि यसबाट सहज हुने प्रधानमन्त्री मोदीको भनाइ छ ।

यूपीआई श्रीलंका र मौरिसससँगै नेपाल, भुटान, सिंगापुर, यूएईजस्ता मुलुकमा पनि सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ४ : २८ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा