चुनावदेखि चुनावसम्मको राजनीतिले देश बिगार्‍यो : अध्यक्ष ओली « Khabarhub

चुनावदेखि चुनावसम्मको राजनीतिले देश बिगार्‍यो : अध्यक्ष ओली


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावदेखि चुनावसम्मको राजनीतिले देश बिगारेको बताएका छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान अवस्थाबाट उन्नत समाज स्थापना गर्न चुनावदेखि चुनावसम्मको राजनीति छाड्नुपर्ने बताएका हुन् ।

उनले नयाँ भनिएका पार्टीहरुले गठबन्धनप्रति देखिएको वितृष्णाको फाइदा उठाएको जिकिर गरे । नयाँ भनिएका पार्टीहरुको कुनै गन्तव्य र भविष्य नै नरहेको उनको भनाइ छ ।

ओलीले मुलुकमा सबल राष्ट्रिय शक्तिको आवश्यकता रहको भन्दै एमालेलाई निर्णायक सुदृढ राष्ट्रिय शक्तिमा रुपान्तरण गर्ने अभियानमा रहेको उल्लेख गरे ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ९ : ३६ बजे

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का

हिजो नबलेको एनपीएलको फ्लडलाइट आज बालियो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हिजो सुदूरपश्चिम रोयल्स र

बड्कापथ सिँचाइ आयोजनाले ६१० हेक्टरमा सिँचाइ सुविधा

तुलसीपुर– दाङको गढवा गाउँपालिकाको चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुर्‍याउने

बुर्किना फासोमा इस्लामिक अतिवादी समूहबीच भीषण लडाईँ, पछिल्लो घटनामा ४ सय लडाकु मारिए

काठमाडौं– अफ्रिकाको साहेल क्षेत्रमा अवस्थित बुर्किना फासोमा इस्लामिक लडाकु समूहबीचको