लुम्बिनी गुरुयोजना पूरा गर्न ढिलाइ गर्न हुँदैन : सभापति लामिछाने « Khabarhub

लुम्बिनी गुरुयोजना पूरा गर्न ढिलाइ गर्न हुँदैन : सभापति लामिछाने


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लुम्बिनी विकास गुरुयोजना पूरा गर्न ढिलाइ गर्न नहुने बताएका छन् । समयमै गुरुयोजना पूरा नहुँदा यस क्षेत्रका हजारौँ स्थानीयवासी विस्थापित हुनुपरेको उल्लेख गरे ।

राष्ट्रिय गौरवका आयोजना पूरा गराउने उद्देश्यसहित आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रियव्यापी दबाब अभियानको क्रममा लुम्बिनी पुगेका अध्यक्ष लामिछानेले गुरुयोजना पूरा भए स्थानीयले रोजगारीको अवसर पाउने बताए ।

उनले ४६ वर्षदेखि अलपत्र लुम्बिनी गुरुयोजना कुनै पनि बाहनामा अब ढिला गर्न नहुने सुझाव दिनुभयो । लामिछानेले भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण अर्बौँ रुपैयाँको लगानी जोखिममा रहेको बताए ।

रास्वपाले राष्ट्रव्यापी दबाब अभियानअन्तर्गत लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि पैदलयात्रा गरेको हो । सातवटै प्रदेशमा रुग्ण तथा अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले रास्वपाले दबाब अभियान सञ्चालन गरेको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ९ : ५८ बजे

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह