सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदै « Khabarhub

सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदै


१ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

आयोगका संयोजक पूर्वन्यायाधीश डिल्लीराज आचार्यले प्रतिवेदन तयार भइसकेकाले आज सरकारलाई बुझाउने जानकारी दिए । आयोगका पदाधिकारीले आज उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गर्दै छन् ।

दुई दिनअघि नै प्रतिवेदन बुझाउने तयारी रहे पनि राष्ट्रियसभाको अध्यक्ष चयन तथा प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासका मत लिने समय परेकाले आज बुझाउन लागिएको बताइएको छ ।

गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । सुरुमा ३ महिना समय दिइएको आयोगको समय सीमा २ महिना थपेर फागुन २८ गतेसम्मका लागि लम्ब्याइएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई आएको ६०.७१६ र इलेक्ट्रिक चुरोट (भेप) मा लुकाई तस्करी गरिएको साढे ९ केजी सुन अनुसन्धानका लागि गठित १४ सदस्यीय आयोगले करिव चारसय पृष्ठको प्रतिवेदन तयार पारेको छ ।

प्रतिवेदनमा सुन तस्करी नियन्त्रणका लागि विभिन्न सुझाव दिइएको बताइएको छ । विमानस्थलमा भएका कमीकमजोरीलाई पनि प्रतिवेदनमा समेटिएको छ ।

गत पुस १० गते फ्लाई दुबईको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका चिनियाँ नागरिक विद्युतीय चुरोटसहित पक्राउ परेका थिए । उनको साथबाट बरामद गरिएको भेप अनुसन्धान गर्दा ९ किलो सुन प्राप्त भएको खुलेको थियो । सो प्रकरणमा सीआईबीले माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई पक्राउ गरेको थियो ।

यस्तै, गत साउन २ गते विमानस्थल भन्सारको जाँचपास गरी बाहिरिएको ६०.७१६ केजी (पहिले एक क्विन्टल भनिएको) सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ७ : ४८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको