सन् २०२४ को अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा जो वाइडेन र डोनाल्ड ट्रम्प बीच प्रतिस्पर्धा हुने औपचारिक तय भएको छ। नोभेम्बरमा यी दुई बीच भिडन्त हुने छ। सन् २०२० मा पनि वाइडेनले राष्ट्रपति बनाउन महत्त्वपूर्ण भूमिका रहेको जर्जियामा सफलता पाएपछि उनी फेरि उम्मेदवार हुने तय भएको छ। ट्रम्पले पनि पार्टीको मतदानमा वासिङ्टनमा सफलता पाएका छन्।
अमेरिकी राष्ट्रपति पदमा ७० वर्षपछि यसरी ‘रि म्याच’ हुन लागेको हो। वाइडेनले आफू उम्मेदवार हुने पक्का भएपछि वाइडेनले आफ्नो धारणा अझ प्रस्ट बनाएका छन्। उनले भनेका छन्, ‘हामी हाम्रो प्रजातान्त्रिक मूल्य र मान्यतामा अडिग छौं। तर यसको मतलब यो होइन कि हामी अरू रोएको हेर्न सक्छौं।’
त्यसो त यो ‘रि म्याच’ पूर्व अनुमान अनुसार कै हो। रिपब्लिक पार्टीमा ट्रम्पको मुख्य प्रतिस्पर्धी निक्की हेलले गत सुपर ट्य्सडेको परिणामपछि नै आफूपछि हटेकी थिइन्। १५ राज्यमा १४ मा ट्रम्पले आफ्नो दलमा सफलता पाएपछि हेलीपछि हटेकी हुन्।
ट्रम्पले अहिले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै खुसी मनाउने समय नभएको बताएका छन्। उनले वाइडेनलाई हालसम्मकै सबै भन्दा नराम्रो राष्ट्रपतिको संज्ञा समेत दिइसकेका छन्।
ट्रम्पले अहिले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै खुसी मनाउने समय नभएको बताएका छन्। उनले वाइडेनलाई हालसम्मकै सबै भन्दा नराम्रो राष्ट्रपतिको संज्ञा समेत दिइसकेका छन्। तिनै वाइडेनलाई कुनै पनि हालतमा पराजित गर्नु उनको लक्ष्य भएको छ।
जर्जियामा नै दुवैले कार्यक्रमको आयोजना गरे । ट्रम्पले फेरि सन् २०२० मा फर्केर आफूलाई जबरजस्ती हराइएको दाबी गरे। उनले दक्षिणी सीमामा बढेको आप्रवासी समस्यामा आफूलाई केन्द्रित गरे। उनले बारम्बार वाइडेनले सन् २०२० मा जित हात पारेपछि अमेरिकाको साखमा नै कमी आएको आरोप लगाएका छन्।
वाइडेनले शुक्रबार नै आक्रामक प्रचार गरेका थिए। उनले विज्ञापनका लागि ३० मिलियन डलर खर्चिए पनि उनको भाषणपछि २४ घण्टामा १० मिलियन डलर उठेको थियो। प्रारम्भिक आर्थिक पाटो हेर्दा पनि रिपब्लिक भन्दा डेमोक्र्याटमाथि धेरैको चासो र आस्था रहेको देखिएको छ।
यसअघि राष्ट्रपतिको निर्वाचनमा उही उम्मेदवार बीच दोस्रो पटक भिडन्त भएको सन् १९५६ मा हो। रिपब्लिकबाट निर्वाचित उम्मेदवार डुयाट हाइसेन आवरले डेमोक्र्याटबाट उम्मेदवार भएका इलिनियोसका पूर्व गभर्नर अदलाई स्टेभेन्सनलाई लगातार दोस्रो पटक हराएका हुन्।
दुवै दलले सोही उम्मेदवार चयन गरे पनि संयोगवश सन् २०२० को तुलनामा यस पटक अमेरिकीहरू यी दुवै प्रति कम आकर्षित देखिएका छन्। चार मुख्य अभियोगसहित ट्रम्पलाई ९१ वटा अपराधको आरोप लागेको छ। विगतमा उनलाई साथ दिने शिक्षित नागरिकको भूमिका पनि अनिश्चित नै छ।
अमेरिकामा सन् २०२१ यता २० लाख भन्दा बढी मानिस गैरकानुनी रूपमा प्रवेश गरेको जनाइएको छ। ट्रम्पले त डिपोट गर्नेसम्मको कुरा गरिसकेका छन्।
मार्च २५ मा उनी एउटा सुनुवाइमा सरिक हुँदै छन्। अमेरिकी इतिहासमा नै यस्तो गम्भीर आरोपको सुनुवाइमा संलग्न हुने उनी पहिलो पूर्व अमेरिकी राष्ट्रपति हुन्। निर्वाचनको एक दिन अघिसम्म पनि सुनुवाइ कायम रहनसक्छ। उनी माथिको अभियोग पुष्टि नभएमा उनको उम्मेदवारी कायम नै रहने छ।
वाइडेनमाथि पनि उमेरकै कारण धेरै आलोचना भएको हो। राष्ट्रपतिको रूपमा अर्को कार्यकालका लागि उनको उमेर अनुपयुक्त भएको ठहर धेरैको छ। मेक्सिकोको सीमामा भएको आप्रवासी समस्या वाइडेनको सबै भन्दा धेरै टाउको दुखाइको विषय हो। वाइडेनको यसको दोष पनि ट्रम्प माथि लगाएका छन्। यसअघि नै रिपब्लिकका संसदले सीमा सुरक्षा विधेयक पास हुन नदिएका कारण अहिले यो समस्या बढी रहेको आरोप वाइडेनको छ।
त्यहाँको निर्वाचनमा अर्थतन्त्र सधैँ बहसको विषय हो। अहिले अर्थतन्त्र चलायमान भएको देखिएको छ। परन्तु कोरोना कालदेखि यता खाद्यान्नको मूल्य बढेका कारण त्यहाँ दुखी हुनेको सङ्ख्या पनि नभएको होइन।
अमेरिकामा सन् २०२१ यता २० लाख भन्दा बढी मानिस गैरकानुनी रूपमा प्रवेश गरेको जनाइएको छ। ट्रम्पले त डिपोट गर्नेसम्मको कुरा गरिसकेका छन्।
वाइडेनको मतमा सबै मानिसलाई सम्मान गर्ने हो। उनले यो आशयको विचार बारम्बार व्यक्त गरिसकेका छन्। तथापि यसरी अमेरिकामा पुगेपछि सबैलाई न्यूनतम मानवीय आवश्यकता पुरा गर्न पनि अमेरिका सक्षम नहुने त होइन भन्ने आशङ्का देखिन थालेको छ।
वाइडेनले जिम्मेवारी सम्हाल्ने बित्तिकै अभिभावक विना आउने बच्चालाई नफर्काउने घोषणा गरे लगत्तै आफू मात्र त्यहाँ आउनेको सङ्ख्या बढेको थियो। ट्रम्पकै कार्यकालमा भने सबै भन्दा धेरै मेक्सिकोको सीमाबाट यसरी अमेरिका पुगेको कीर्तिमान थियो। त्यसरी गएर पक्राउ परेर हिरासतमा पुग्ने ८० प्रतिशत मेक्सिको, ग्वाटेमाला र होन्डुरसका बासिन्दा थिए। त्यसयता सोही सीमाको प्रयोग गर्दै अमेरिका जानेमा भेनेजुएला, पेरु, कोलम्बिया, सेनेगल र माउरीटानीया लगायत अन्य धेरै अफ्रिकी र एसियाली देशका नागरिकको घुइँचो नै लागेको थियो।
गएको अक्टोबरदेखि डिसेम्बरको बिचमा चीनबाट मात्र १४ हजार ९ सय ६५ आप्रवासी पुगेका रहेछन्। सन् २०२० मा सो सङ्ख्या २९ थियो। सीमामा तैनाथ सुरक्षाकर्मीकै तथ्यांक अनुसार भारतबाट सोही अवधिमा ९ हजार ५ सय १८ जना गएको देखियो। तथ्यांकमा सन् २०२० को सोही अवधिमा ५६ थियो।
वाइडेनको मतमा सबै मानिसलाई सम्मान गर्ने हो। उनले यो आशयको विचार बारम्बार व्यक्त गरिसकेका छन्। तथापि यसरी अमेरिकामा पुगेपछि सबैलाई न्यूनतम मानवीय आवश्यकता पुरा गर्न पनि अमेरिका सक्षम नहुने त होइन भन्ने आशङ्का देखिन थालेको छ।
मे महिनामा आप्रवासीका लागि सहज ‘आर्टिकल ४२’ को समय सीमा सकिएपछि वाइडेनले मेक्सिको र अन्य देशमा गरेर पाँच लाख आप्रवासीलाई फिर्ता पठाएका छन्। यसअघि ट्रम्पले पनि वार्षिक पाँच लाख नै फिर्ता गरेका थिए। तर, अमेरिका भित्रनेक्रम भने वाइडेनको कार्यकालमा धेरै भएको हो।
अमेरिकाको इमिग्रेसन तथा कस्टम इन्फोर्समेन्ट (आइसिई) ले ट्रम्पको कार्यकालमा वार्षिक ८० हजारलाई समाउने गरेको थियो। यो घटेर वाइडेनको कार्यकालमा ३५ हजार पुगेको हो।
अमेरिकाको निर्वाचनमा अनेकन् मुद्दा छन्। धेरै मुद्दा अमेरिकाका आन्तरिक हुन्। गर्भपतन सम्बन्धी अधिकार र त्यहाँको आर्थिक अवस्था मूल विषय हुन्। परन्तु अहिले संसारको चासो भनेको आप्रवासी मुद्दा नै हो।
अमेरिकाको निर्वाचनमा अनेकन् मुद्दा छन्। धेरै मुद्दा अमेरिकाका आन्तरिक हुन्। गर्भपतन सम्बन्धी अधिकार र त्यहाँको आर्थिक अवस्था मूल विषय हुन्। परन्तु अहिले संसारको चासो भनेको आप्रवासी मुद्दा नै हो।
संसारको चासो रहने दोस्रो मुद्दा भनेको रुस युक्रेन मुद्दा नै हो। हंगेरीका प्रधानमन्त्री भिक्टर उर्बानले यसै महिनाको सुरुवातमा भेट भएपछि उर्बानले ट्रम्प विजयी भएमा युक्रेनलाई सहयोग नगर्ने बताउँदै आएका छन्। उर्बान र ट्रम्प बिच अहिले सुमधुर सम्बन्ध रहेको जनाइन्छ। ट्रम्पले पनि उर्बानलाई ‘फेन्टास्टीक ’ युरोपेली नेताको संज्ञा दिइरहेका छन्। उर्वानका अनुसार ट्रम्पले सहयोग नगरे पनि युक्रेनको रुससँग भिड्ने सामर्थ्य नहुने भएका कारण सो युद्ध नै तत्काल नै सकिने छ।
अबको आठ महिना पछिको निर्वाचनको बारे अहिले नै संसारमा चर्चा सुरु भएको छ। चुनावको प्रमुख मुद्दा आप्रवासीकै हो। जुन संसारका लागि पनि चासोको विषय हो। स्रोत : सीएनएन, वासिङ्टन पोस्ट, रायटर्स , पोलिटिको
प्रतिक्रिया