एट्लेटिको र डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनमा « Khabarhub

एट्लेटिको र डर्टमण्ड च्याम्पियन्स लिगको क्वाटरफाइनमा


१ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एट्लेटिको मड्रिड र बोरुसिया डर्टमण्ड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा एट्लेटिकोले इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

यस अघि निर्धारित ९० मिनेटको खेलमा एट्लेटिकोले २–१ को नतिजा निकालेपछि खेल २–२ गोलको बराबरी भएको थियो । अन्तिम १६ को पहिलो लिगमा इन्टर मिलान १–० ले विजयी भएको थियो ।

त्यसपछि ३० मिनेटको अतिरिक्त समय खेलाइएकोमा सो समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

यसैगरी, गएराती नै सम्पन्न अर्को खेलमा बोरुसिया डर्टमण्डले पिएसभीलाई २–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

योसँगै क्वाटरफाइनलमा पुग्ने ८ टिमको टुंगो लागेको छ । एटलेटिको मड्रिड र डर्टमण्डसहित आर्सनल, बार्सिलोना, पिएसजी, बायर्न म्युनिख, म्यानचेस्टर सिटी र रियल म्याड्रिड यस सिजनको च्याम्पियन्स लिगको अन्तिम ८ मा पुगेका छन् । अब क्वाटरफाइनलको ड्र शुक्रबार हुने युइएफएले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ८ : २१ बजे

२५औँ सत्याग्रहमा बसेका डा. केसीको स्वास्थ्यमा समस्या, काठमाडौँमा उपचार हुँदै (तस्बिरहरू)

काठमाडौँ– चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीलाई स्वास्थ्यमा

बालेनले नबोलाउँदा १७ दिनदेखि मन्त्रिपरिषद् बैठक बस्न सकेन 

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् बैठक १७ दिनदेखि

काठमान्डु र कर्णालीबीचको खेल हेर्न पुगेका समर्थक (तस्बिरहरु)

काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गत काठमान्डु गोर्खाज र कर्णाली याक्सबीचको खेल

१७ वर्षपछि हरर चलचित्रमा फर्किँदै कंगना, राणा दग्गुबातीसँग पहिलो सहकार्य

काठमाडौँ– बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौत

बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द, निर्माण प्रक्रिया अघि बढाइँदै

बाजुरा– बूढीगङ्गा नदीमाथिको ‘मौरे’ र ठूलीसाँघु खोलाको पुल निर्माण अलपत्र अवस्थाम