भूकम्प प्रभावित क्षेत्रमा पत्रकारका लागि घुम्ती शिविर  « Khabarhub

भूकम्प प्रभावित क्षेत्रमा पत्रकारका लागि घुम्ती शिविर 


१ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम – भूकम्प प्रभावित क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीको लागि रुकुम पश्चिमको चौरजहारीमा घुम्ती शिविर तथा पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

सूचना तथा प्रसारण विभाग र नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिम शाखाको आयोजनामा तीन दिने कार्यक्रम सम्पन्न भएको हो ।

शिविरबाट रुकुम पश्चिम, जाजरकोट र सल्यान जिल्लाका ११ जना पत्रकारहरूलाई प्रेस पास उपलब्ध गराइएको छ भने तीन वटा अनलाइन दर्ता तथा नवीकरण गरिएको पत्रकार महासङ्घ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले बताए । उनका अनुसार तीनै जिल्लाका ६५ जना पत्रकारलाई क्षमता अभिवृद्धि तालिम समेत दिइएको छ ।

अध्यक्ष केसीले भूकम्प प्रभावित क्षेत्रका सञ्चार माध्यम र सञ्चारकर्मीहरूलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको जानकारी दिए । सञ्चार माध्यम दर्ता, नवीकरण, प्रेस प्रतिनिधि पत्र वितरण लगायतका काममा सहजता दिलाउन घुम्ती शिविर मार्फत सेवा दिइएको अध्यक्ष केसीले बताए ।

त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. विजयराज मिश्रले विपद्मा पत्रकारिता, स्थलगत रिपोर्टिङ, तथ्यहरूको खोजी शैली, न्यु मिडियाको प्रयोग, समाचार शैली, विधागत पत्रकारिता लगायतका विषयमा सहजिकरण गरेका थिए ।

घुम्ती शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रममा विभागका महानिर्देशक शंकर नेपाल, निर्देशक भरत गौतम, शाखा अधिकृत टेक बहादुर ओली, पत्रकार महासङ्घ जाजरकोटका अध्यक्ष बालकुमार शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ११ : ५६ बजे

बुढानिलकण्ठ मन्दिर परिसरका अतिक्रमित घर भत्काइए (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–३ स्थित बुढानिलकण्ठ मन्दिर परिसरका अतिक्रमित घर भत्काइएको

प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्तिसुरक्षाको अवस्थाबारे सुरक्षा निकायका

शान्ति-सुरक्षा मजबुत बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका

‘न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिनेबारे सबैको सुझावबाट निष्कर्षमा पुगिन्छ’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्यायाधीशलाई नै

रुकुम पश्चिममा बालविवाह अन्त्य गर्न मन्त्री बादीको निर्देशन

रुकुम पश्चिम- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक