विश्व मिर्गौला दिवसमा ओलीको अपिल- मिर्गौला बिग्रिए जीवन कष्टकर बन्छ, सचेत बनौँ « Khabarhub

विश्व मिर्गौला दिवसमा ओलीको अपिल- मिर्गौला बिग्रिए जीवन कष्टकर बन्छ, सचेत बनौँ


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला जोगाउन सार्वजनिक अपील गरेका छन् ।

विश्व मिर्गौला दिवसको अवसरमा बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत मिर्गौला दिवससँग आफ्नो भावनात्मक अनुभूति रहेको जनाउँदै यसलाई जोगाउन आग्रह गरेका हुन् ।

दुईपटक मृगौला प्रत्यारोपण गरेका अध्यक्ष ओलीले लेखेका छन्, ‘मैले दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु । हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ । 

जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ ।’ उनले मिर्गौला प्रत्यारोपण गर्नु धेरै जटिल काम भएको पनि बताएका छन् । ‘मिर्गौला प्रत्यारोपण गर्नु धेरै जटिल काम हो’ उनले भनेका छन्, ‘डाइलासिस गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ ।’

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  १२ : २५ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर