पाँच वर्षमा मनाइने ‘यल इतिल्हन सम्यक’ पर्वको रौनक (तस्बिरहरू)      « Khabarhub

पाँच वर्षमा मनाइने ‘यल इतिल्हन सम्यक’ पर्वको रौनक (तस्बिरहरू)     



काठमाडौं– प्रत्येक पाँच वर्षमा मनाइने ‘यल इतिल्हन सम्यक’ पर्व ललितपुरमा सुरु भएको छ । ऐतिहासिक तथा धार्मिक महत्त्वपूर्ण बोकेको यस पर्व पाँच वर्षमा ललितपुरमा मनाउने गरिन्छ ।

पर्वको पहिलो दिन राती काठमाडौं ललितपुरका विभिन्न विहार र महाविहारबाट ल्याइएका एक सय २६ देवी देवताका मूर्तिलाई अघिल्लो रात मंगलबजारमा भेला गराएर बाजागाजाका साथमा ललितपुरको नागबहाल पुर्‍याएर यो पर्व सुरु हुने गर्दछ ।

बिसं १८६१ सालसम्म प्रत्येक बर्ष मनाउँदै आएको यो पर्व राजा रणबहादुर शाहले सम्यक गुठीको जग्गा अधिकरण गरेपछि आयस्थाको कमिले प्रत्येक चार बर्षसम्म आयस्था जम्मा गरी पाँचौ वर्षमा मनाउने गरेको संस्कृतिबिदहरुले बताउँछन् ।

दिपंकर पर्वका रुपमा समेत चिनिने यस पर्व हिरण्यवर्ण महाबिहारको स्वर्ण मन्दिर स्थापना गर्न राजा भाष्करदेवका सन्तति भलिभारोलाई त्रिरत्नको आशिषबाट प्राप्त धनबृद्ध प्रति कृतज्ञ हुँदै श्रद्धापूर्वक दान दिने उद्देश्यले विभिन्न बिहारका दिपंकर र आर्यतारालगायत अन्य देवीदेवताहरू श्रावणेर ब्रम्हचर्य भिक्षु शाक्य भिक्षु तथा बज्राचार्य गुरुहरूलाई आमन्त्रण गरी सम्यक महादान दिई यो पर्वको थालनी गरिन्छ ।

यस पर्वमा कसैलाई चित्त नदुखाई खुसि भएर आफूले कमाएको धन सम्पत्तिलाई सुद्ध मनले स्वार्थ नराखी दान दिन भक्तजनको घुइँचो लाग्ने गर्दछ ।यस पर्वले दानको महत्व, बौद्ध संस्कृति र संस्कारको अभिव्यक्त गरेको संस्कृतिविद्हरू बताउँछन् ।

आज दिनभर भक्तजनलाई दर्शन गराएर साँझपख सबै देवी देवताहरूको मूर्तिलाई आ-आफ्नो वासस्थान फर्काएपछि पर्व समापन गरिन्छ ।

 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  १ : ५४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस