पाँच वर्षमा मनाइने ‘यल इतिल्हन सम्यक’ पर्वको रौनक (तस्बिरहरू)      « Khabarhub

पाँच वर्षमा मनाइने ‘यल इतिल्हन सम्यक’ पर्वको रौनक (तस्बिरहरू)     



काठमाडौं– प्रत्येक पाँच वर्षमा मनाइने ‘यल इतिल्हन सम्यक’ पर्व ललितपुरमा सुरु भएको छ । ऐतिहासिक तथा धार्मिक महत्त्वपूर्ण बोकेको यस पर्व पाँच वर्षमा ललितपुरमा मनाउने गरिन्छ ।

पर्वको पहिलो दिन राती काठमाडौं ललितपुरका विभिन्न विहार र महाविहारबाट ल्याइएका एक सय २६ देवी देवताका मूर्तिलाई अघिल्लो रात मंगलबजारमा भेला गराएर बाजागाजाका साथमा ललितपुरको नागबहाल पुर्‍याएर यो पर्व सुरु हुने गर्दछ ।

बिसं १८६१ सालसम्म प्रत्येक बर्ष मनाउँदै आएको यो पर्व राजा रणबहादुर शाहले सम्यक गुठीको जग्गा अधिकरण गरेपछि आयस्थाको कमिले प्रत्येक चार बर्षसम्म आयस्था जम्मा गरी पाँचौ वर्षमा मनाउने गरेको संस्कृतिबिदहरुले बताउँछन् ।

दिपंकर पर्वका रुपमा समेत चिनिने यस पर्व हिरण्यवर्ण महाबिहारको स्वर्ण मन्दिर स्थापना गर्न राजा भाष्करदेवका सन्तति भलिभारोलाई त्रिरत्नको आशिषबाट प्राप्त धनबृद्ध प्रति कृतज्ञ हुँदै श्रद्धापूर्वक दान दिने उद्देश्यले विभिन्न बिहारका दिपंकर र आर्यतारालगायत अन्य देवीदेवताहरू श्रावणेर ब्रम्हचर्य भिक्षु शाक्य भिक्षु तथा बज्राचार्य गुरुहरूलाई आमन्त्रण गरी सम्यक महादान दिई यो पर्वको थालनी गरिन्छ ।

यस पर्वमा कसैलाई चित्त नदुखाई खुसि भएर आफूले कमाएको धन सम्पत्तिलाई सुद्ध मनले स्वार्थ नराखी दान दिन भक्तजनको घुइँचो लाग्ने गर्दछ ।यस पर्वले दानको महत्व, बौद्ध संस्कृति र संस्कारको अभिव्यक्त गरेको संस्कृतिविद्हरू बताउँछन् ।

आज दिनभर भक्तजनलाई दर्शन गराएर साँझपख सबै देवी देवताहरूको मूर्तिलाई आ-आफ्नो वासस्थान फर्काएपछि पर्व समापन गरिन्छ ।

 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  १ : ५४ बजे

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ