वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म टिक्छ : एमाले उपाध्यक्ष ज्ञवाली « Khabarhub

वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म टिक्छ : एमाले उपाध्यक्ष ज्ञवाली


१ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने बताएका छन् । 

प्रेस चौतारी नेपाल दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो गठबन्धन बीचमा नटुट्ने बताएका हुन् । ‘हामी अर्को गठबन्धन बनाउनेतिर लाग्नु हुँदैन, एमाले-कांग्रेसको गठबन्धन बन्ने हो कि भनेर शंका गर्नु पर्दैन’, उनले भने, ‘तर त्यो सम्भावना छैन, कांग्रेस ढुक्कसँग प्रतिपक्षमा बसे हुन्छ ।’

अहिलेको गठबन्धनले राम्रो काम गरे कम्युनिष्ट एकता पनि हुनसक्ने उनले बताए। एकताका लागि अहिलेको सरकारले जनमैत्री काम गरेको हुनुपर्ने उनको भनाइ छ । देशको आवश्यकताअनुसार यो मोर्चा बनेकोसमेत उनले बताए । अहिलेको मोर्चा समाजवादी मोर्चा भएको उपाध्यक्ष ज्ञवालीको भनाइ छ ।

मुलुकमा अब दुई विचारधाराबीच नै प्रतिस्पर्धा हुनेसमेत ज्ञवालीको भनाइ छ । उनका अनुसार अब पुँजीवादी र समाजवादी विचारधाराबीचको शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीति हुन्छ । उपाध्यक्ष ज्ञवालीले मुलुकमा राजनीतिक क्रान्ति भएको भन्दै अब आर्थिक, सामाजिक र संस्कृतिकरूपमा क्रान्ति हुनु आवश्यक रहेको समेत बताए । 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  १ : १४ बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस