यात्रुमैत्री व्यवहार प्रवर्द्धन गर्न उपत्यकामा विशेष अभियान « Khabarhub

यात्रुमैत्री व्यवहार प्रवर्द्धन गर्न उपत्यकामा विशेष अभियान


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यकामा यात्रुमैत्री व्यवहार प्रवर्द्धनका लागि उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानको थालनी गरेको छ ।

यात्रुहरूका लागि सुरक्षित, बिनाझन्झट, नठगिने हिसाबले गन्तव्य तय गर्न सक्ने अवस्थाको सिर्जना गर्नका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले १५ दिने यात्रुमैत्री अभियान–२०८० सुरु गरेको हो ।

यात्रुवाहक सार्वजनिक सवारीसाधनमा भाडादर राखेको छ वा छैन रु ज्येष्ठ नागरिक, महिला तथा अपांगता भएका व्यक्तिहरूका लागि आरक्षित सिट पालना भएको छ वा छैन रु लगायतका विषयमा अनुगमन गरी कार्यान्वयन गर्नका लागि अभियान थालिएको कार्यालयले जनाएको छ ।

अभियानका क्रममा सवारीमा यात्रा गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई हुने दुर्व्यवहार, भाडाका सवारीसाधनले बढी भाडा लिई ठगेको, यात्रुले भनेको स्थानमा जान नमानेको, अनधिकृत राइड सेय गरेकोलगायत विषयमा पनि अनुगमन हुने कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

त्यसरी अनुगमनका क्रममा नियम कार्यान्वयन गरेको नपाइएमा आवश्यक कारबाही गरिने उनले बताए। उक्त अभियान पहिलो चरणमा यही चैत १४ गतेसम्म सञ्चालन गरिने छ । अभियानमा प्रहरी निरीक्षकको नेतृत्वमा ४० जना प्रहरी कर्मचारी सादा पोशाकमा खटाइने र आवश्यकताअनुसार स्थानीय प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयबाट थप जनशक्ति परिचालन गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

पहिलो दिनको अनुगमनका क्रममा सवारीसाधनमा भाडादर नराख्ने दुई सय १७, आरक्षण सिट कार्यान्वयन नगर्ने ३५, यात्रु लिन इन्कार गर्ने ४३, लापरवाही तरिकाले सवारी चलाउने तथा यात्रीलाई हैरानी दिने छवटा र बढी भाडा लिने दुई गरी जम्मा तीन सय तीनवटा सवारीसाधनका चालकलाई कारबाही गरिएको पनि उनले बताए। 

यो अभियानबाट यात्रुलाई सुरक्षित, सम्मानजनक, नठगिने वातावरणको सिर्जना हुनुका साथै यात्रुहरू समयमै गन्तव्यमा पुग्नलाई मद्दत पुग्ने अपेक्षा गरिएको छ । अभियान सञ्चालन अवधिभरको अवस्थाका आधारमा अनुगमनलाई निरन्तरता दिइने बताइएको छ ।

अभियानको सम्पूर्ण अनुगमन तथा मूल्यांकन भने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्ने र यात्रुहरूले यात्रा गर्ने क्रममा कुनै समस्या परेमा वा यात्राका क्रममा दुर्व्यवहार भएमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गर्न पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  १ : २७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्