बाजुरामा भीरबाट लडेर महिलाको मृत्यु | Khabarhub Khabarhub

बाजुरामा भीरबाट लडेर महिलाको मृत्यु


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

बाजुरा– जिल्लाको बडीमालिका नगरपालिकामा बुधबार बिहान गाउँ नजिकैको जंगलमा घाँस काट्न गएकी एक महिलाको भीरबाट लडेर घाइतेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही नगरपालिका–५ मनाकी ४५ वर्षीया दुरा साउद रहेको सहरी स्वास्थ्य केन्द्र प्रमुख छत्र साउदले जानकारी दिएका छन् । उनले दिएको जानकारीअनुसार बुधबार गाउँ नजिकैको दल्लेडी भन्ने जंगलमा घाँस काट्न गएका बेला भिरबाट लडेर गम्भीर घाइते साउदलाई  उपचारका लागि सदरमुकाम मार्तडी लैजान नपाउँदै घरमा मृत्यु भएको बताए। 

भीरबाट लडेर घाइते भएकी साउदको सहरी स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल बाजुरामा पठाइएको भए पनि भौगोलिक विकटताका कारण समयमै अस्पताल पुग्न नपाउँदै ज्यान गएको स्थानीय राजेन्द्र विकले बताए।

जिल्लामा बर्सेनि भीरबाट लडेर घाइते भएकाले समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउने गरेका छन् । 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  १ : ५० बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र