अर्थमन्त्री पुन र राजदूत डेनिएल मेउलीबीच भेटवार्ता  « Khabarhub

अर्थमन्त्री पुन र राजदूत डेनिएल मेउलीबीच भेटवार्ता 


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनसँग नेपालका लागि स्वीस राजदूत डेनिएल मेउलीले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

उक्त भेटमा राजदूत मेउलीले आगामी वैशाखमा हुने लगानी सम्मेलन सफल पार्न स्वीटरजरल्याण्डका तर्फबाट सबै प्रकारको सहयोग रहने बताइन् । दूतावासले नेपालको लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेको र स्वीट्जरल्याण्डको निजी क्षेत्र नेपालमा लगानी भित्र्याउन इच्छुक रहेको जानकारी उनले दिइन् । 

‘नेपालमा क्रमशः लगानीको वातावरण बन्दै गएकाले हामीले हाम्रा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई नेपालमा लगानी ल्याउन भनेका छौं’, उनले भनिन्, लगानी सम्मेलनमा स्वीट्जरल्याण्डका व्यवसायीको उत्साहपूर्ण सहभागिता रहने जानकारी गराउन चाहन्छु ।’ 

उनका अनुसार लगानी सम्मेलन अगाडि नै सकिने सम्भाव्य लगानीका क्षेत्र पहिल्याउन आगामी साता स्वीट्जरल्याण्डबाट ‘वित्तीय विकासका लागि संयुक्त मिसन’ नेपाल आउँदैछ । मिसन टोलीले सरकारी अधिकारीहरूका साथै नेपालको निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने तय भएको छ । आगामी २३ अगष्टमा स्वीस ग्लोबल इन्टर प्राइजेजका तर्फबाट पनि प्रतिनिधि मण्डल नेपाल आउने तयारीमा रहेको जानकारी राजदूत डेनिएलले दिइन् । उक्त टोलीले नेपालको निजी क्षेत्रसँगको सहकार्यमा आयात–निर्यातसम्बन्धी क्षेत्रमा सहकार्यको चाहना राखेको उनको भनाइ थियो । 

यस्तै राजदूत मेउलीले आफूहरुसँग विमानस्थल व्यवस्थापनसम्बन्धी राम्रो अनुभव भएकाले नेपालका विमानस्थल व्यवस्थापनमा चासो रहेको समेत बताइन् । उनले ट्रेल बेस टुरिज्म र कोशी प्रदेशका पालिकाहरुमा राजश्व परिचालनसम्बन्धी पाइपलाइनमा हरेका स्वीस परियोजनाका काम मन्त्रालयका तर्फबाट छिटो अघि बढाउन मन्त्री पुनलाई आग्रह गरिन् । 

मन्त्री पुनले स्वीटजरल्याण्ड नेपालको पुरानो मध्येको एक महत्वपूर्ण विकास साझेदार रहेको तथा द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको चर्चा गरे । आगामी दिनमा समेत सम्बन्ध थप राम्रो हुँदै जाने विश्वास उनको थियो । मन्त्री पुनले पर्वतीय पर्यटन, ऊर्जा तथा प्रविधिका क्षेत्रमा लगानी गर्नका लागि स्वीट्जरल्याण्डका लगानीकर्तालाई आग्रह गरिदिन भने ।

 पुनले लगानी सम्मेलनमा उल्लेख्य सहभागिता जनाउने प्रतिबद्धताका लागि धन्यवाद दिँदै त्यसअघि नै लगानीको वातावरण बनाउने गरी संसदबाट कानून संशोधनको काम गर्न चाहेको जानकारी दिए । 

यस्तै राजदूत मेउलीसँगको भेटमा अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१-०८२ मा संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंगो लाग्ने जानकारी दिए । 

आफू विगत १५ वर्षभन्दा अघिदेखि नै सङ्क्रमणकालीन न्यायसम्बन्धी काममा संलग्न रहेको विषयमा अन्तर्राष्ट्रिय समुदायसमेत जानकार रहेको बताए । बजेटमा आफूले सङ्क्रमणकालीन न्यायसँगै पीडितका लागि उपलब्ध गराइने परिपूरणका लागि शान्ति  कोषको व्यवस्था गर्न लागेको भन्दै त्यसमा सहयोग गर्न मेउलीमार्फत स्वीस सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  २ : ०५ बजे

ठेकेदारले समयमा काम नगर्दा देश र जनतालाई घाटा भयो : मन्त्री घिसिङ

पाटन (ललितपुर)- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात,

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छ : मन्त्री घिसिङ

पाटन– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी

उपाधिदेखि पुछारसम्म : कहाँ चुक्यो जनकपुर ?

काठमाडौं– पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल जित्दै इतिहास रचेको

निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले

एमालेको महाधिवेशनमा उपस्थित हुन देउवालाई निम्तो, अन्य दललाई पनि बोलाउने क्रम जारी

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनको उद्घाटन सत्रमा सहभागीका लागि दलहरूलाई