राष्ट्रिय राजमार्ग जोड्ने सडक स्तरोन्नति गरिँदै « Khabarhub

राष्ट्रिय राजमार्ग जोड्ने सडक स्तरोन्नति गरिँदै


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङका १० पालिकामध्ये अधिकांश राष्ट्रिय राजमार्गले जोडिएका छन् । तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाबाहेक अन्य पालिका कोही मध्यपहाडी लोकमार्ग, कोही कालीगण्डकी करिडोर त कोही सालझण्डी–ढोरपाटन सडकले जोडिएका हुन् । 

राष्ट्रिय राजमार्गले नजोडिएको बरेङ गाउँपालिकाले सहज यातायातका लागि मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरसँग जोड्नका लागि सडक खुलाएर स्तरोन्नति गर्न थालेको छ । गाउँपालिकाको पश्चिममा मध्यपहाडी लोकमार्ग र पूर्वमा कालीगण्डकी करिडोर पर्छन् । दुवैतर्फ नाका खोलेर यस वर्षदेखि स्तरोन्नतिको काम गर्न थालिएको हो ।

मध्यपहाडी लोकमार्गसँग जोड्न पेरीबाङतर्फबाट एक दशक अगाडि नै ट्रयाक खुले पनि पूर्वमा कालीगण्डकी करिडोरसँग जोड्न उर्लेनीमा गत वर्षमात्रै ट्रयाक खोलिएको थियो । दुई राष्ट्रिय राजमार्गलाई जोड्नका लागि खुलाइएको यो सडक गाउँपालिकाको गौरवको योजना हो । दुवैतर्फबाट सडक जोडिएपछि दक्षिण बागलुङका हजारौँ नागरिकलाई बुटवल, भैरहवालगायतका सहरमा पुग्न सहज हुने भएको छ । 

गाउँपालिकाले दुईतिरैबाट राजमार्ग जोडेपछि सडकलाई स्तरोन्नतिसमेत गर्न थालेको छ । यस सडकलाई स्तरोन्नति गर्नका लागि गाउँपालिको चालु आर्थिक वर्षमा रु दुई करोड २० लाख विनियोजन गरेर काम अगाडि बढाएको छ । बरेङसँगै गलकोट क्षेत्रका नागरिकलाई राष्ट्रिय राजमार्गसँग जोडेर यातायातालाई सहज बनाउन यो सडक निर्माण गरिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । 

राजमार्गको पहुँचभन्दा टाढा हुँदा यहाँका नागरिक हरेक अवसरबाट बञ्चित हुने हुँदा पालिकाले लगानी गरेर दुई राजमार्गसँगको पहुँच बढाएको उहाँको भनाइ छ । यो सडकले बरेङमा थुप्रै सम्भावनाको ढोका खोलेको अध्यक्ष शर्मा बताउँछन्। बुटवल तथा काठमाडौँ जानका लागि धेरै फेरो लगाएर पुग्नुपर्ने बाध्यताको समेत अन्त्य हुने शर्माको भनाइ छ ।

सो सडक करिब २० किलोमिटर छ । सडक स्तरोन्नतिका लागि रेसुङ्गा दर्शन अर्जुन-श्रीकृष्ण जेभीले जिम्मा लिएको छ । गत पुसमा सम्झौता भएर काम सुरु गरेको निर्माण कम्पनीले हालसम्म करिब ७० प्रतिशत काम सकेको गाउँपालिकाका इन्जिनियर कृष्णबहादुर थापाले जानकारी दिए। 

यस वर्ष सडक फराकिलो बनाउने, ठाउँ–ठाउँमा ढलान गर्ने, पक्की नाली र ग्राभेल गरिने उनको भनाइ छ । निर्माण कम्पनीले तीव्रगतिमा काम गरेको हुँदा अब ग्राभेलमात्रै गर्न बाँकी रहेको इन्जिनियर थापाले बताए। निर्माण कम्पनीले विसं २०८१ वैशाख ३१ गतेसम्म काम सक्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  २ : ३६ बजे

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन

राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले

स्वास्थ्यले भनिन्-  ‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सर्पदंशबाट हुने रोगको

प्रतिनिधिसभा : रेबिज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी

ग्यास अभावको विषयमा प्रधानमन्त्री कार्यालयमा छलफल, अब प्रति महिना ५० हजार मेट्रिक टन आयात गर्ने

काठमाडौं– पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने