जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो « Khabarhub

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो


१ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24.7k
Shares
  • change font
  • change font
  • change font

भोजपुर– धरानबाट घोरेटार आउँदै गरेको बोलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । को. १ ज २५९३ नम्बरको उक्त जिप उदयपुरको बेलका नगरपालिका- ७  मैनामैनीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु  भएको हो ।

दुर्घटनास्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए ।

अहिले ७ जनाको शव निकाल्ने प्रयास भइरहेको असई श्रेष्ठले बताए । प्रहरीका अनुसार जिप सडकबाट करिब २ सय मिटर तल खसेको भनाइ छ ।

मृत्यु हुने ७ जनामध्ये चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ३ : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको