एमालेलाई नटेर्नेहरू समाप्त हुन्छन् : अध्यक्ष ओली « Khabarhub

एमालेलाई नटेर्नेहरू समाप्त हुन्छन् : अध्यक्ष ओली


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने ठोकुवा गरेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ मा आज आयोजित भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गरेका हुन्।

उनले कांग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने शक्ति सिद्धिने प्रष्ट पारे। ‘एमाले एउटा यस्तो शक्ति हो, जसलाई पुरै आँखा चिम्लेर नकार्छु, टेर्दिनँ भन्नेहरू सिद्धिन्छन्,’ अध्यक्ष ओलीले भने। एमालेलाई हेप्नेहरूले गम्भीर धोका खानेसमेत ओलीले बताए।

कांग्रेसले आफूसँग दुई तिहाइ छ जस्तो गरेकाले सरकारबाटै हट्नु परेको अध्यक्ष ओलीले प्रष्ट पारे। ‘कांग्रेसले आफूसँग दुई तिहाइ छ जस्तो गरेकाले सरकारबाटै हट्नु परेको हो। उस्ले एमाले जस्तो पार्टीलाई टेरेन। आज परिणाम भोग्यो,’ अध्यक्ष ओलीको भनाई थियो।

अध्यक्ष ओलीले मुलुक र जनताको सवालमा सबै दल एक ठाउँमा उभिनुपर्ने आजको आवश्यकता पनि औंल्याए। ‘हामी लोकतान्त्रिक प्रणालीमा छौं। बहुदलीय व्यवस्थामा छौं। दलहरू फरक-फरक हुन्छन्। विचार फर-फरक होला। तर, संविधानको रक्षा, देशको एकता, मुलुकको सार्वभौम सत्ता र भूमिको रक्षाका लागि सरकार अगाडि बढ्नुपर्छ, यस्तो काम गर्ने सरकारलाई जनताले साथ दिनुपर्छ,’ अध्यक्ष ओलीले भने।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामिलामा सबै दलहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता पनि औंल्याए। ‘सुशासन, भ्रष्टाचार नियन्त्रण गर्न र भ्रष्टहरूलाई कारबाही गर्ने मामलामा सबैले मिलेर काम गर्न जरुरी छ,’ ओलीको भनाई थियो।

दोधारा चाँदनी वडा नम्बर ६ का वडाअध्यक्ष ओमकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष ओलीले वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटनसमेत गरे। सो क्रममा अध्यक्ष ओलीले प्रशंसनीय काम गरेको भन्दै वडाध्यक्ष बस्नेतलाई र नगरपालिकाका प्रमुखलाई धन्यवादसमेत दिएका छन्।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ६ : १६ बजे

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ